• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

बरु ससुराली जान्‍न तर एक इन्‍च पनि मातृभूमी छोड्दिन



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

नेपाल र भारतको रोटी र बेटीको सम्बन्ध छ’, नेपाल भारतको उच्चस्तरीय भ्रमणदेखि सामान्य भेटघाटमा पनि सबैले बोल्ने एउटा भनाइ हो। केही दिनअघि मात्र भारतीय सत्तारुढ दलका वरिष्ठ नेता एवम् रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको सम्बन्धबारे व्याख्या गर्दै यही कुरा बताए। सोमबार (असार १ गते) ट्विटमा सिंहले लेखेका छन्, ‘भारत और नेपाल के बीचका जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपालका रिश्ता रोटी र और बेटीका है।’

नेता सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानवसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भए पनि त्यसले दुई देशबीचको सम्बन्धमा असर नपर्ने दाबीसमेत गरेका छन्।

नेपाल सरकारले भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेक, लिम्पयाधुरा र कालापानीलाई समेटेर नक्सा सार्वजनिक गरेपछि दुई देशको सम्बन्धमाथि विभिन्न प्रश्न उठेका छन्।

मधेसी मुलको मान्छे देख्यो कि नेपालमा आजका दिनसम्म पनि अधिकांश पहाडी र हिमाली क्षेत्रका मानिसले भारतीय नै ठान्छन्। तर, तराई मधेसको अवस्थाबारे थोरै मात्र बुझेका मान्छेले त्यो व्यवहार गर्दैनन्। यो सबै अल्पज्ञानका कारण भएको ठान्छु।

‘मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि हटाइदिनुस्। अब राष्ट्रघातीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि राष्ट्रियतामा शंका गर्ने ? नश्लीय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ।’ जेठ १ गते समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले प्रतिनिधिसभा बैठकमा गरेको यो भाषणले मधेसीमाथि विभेदको नजरले हेर्नेलाई राम्रै जवाफ दिएको छ। यो उनको भाषणले सिंगो देशलाई तरंगित बनाएको छ।

नेपाल–भारत सीमाबारे यति लामो बहस र वैमनस्यता भइरहँदा वर्षौँदेखि सिमाना आसपास बस्दैआएका म जस्ता आम नागरिकलाई पनि चासो हुनु स्वभाविक छ। मेरो घर सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, कोइलाडी गाउँ हो।

ससुराली चाहिँ भारत। खुला सीमा, धर्म संस्कृति र आफन्त दुवैतिर भएकाले नेपाल भारत ओहोर–दोहोर बाल्यकालदेखि नै भइरहन्थ्यो। मेरा साथीभाइ पनि नेपाल र भारतमा बरोबर छन्। आफन्त धेरै भारतमा भएकाले आजभन्दा ठिक १० वर्ष अगाडि मेरो विवाह पनि भारतीय युवतीसँग भयो।

मेरी उनी अर्थात् श्रीमती भारते बिहार राज्यको सितामर्ही जिल्लाकी हुन्। म विवाहपछि हरेक वर्षमा एक पटक ससुराली पुग्छु। ससुराली पुग्दा एकदम माया पाउँछु। जहाँ धेरै माया त्यही मन भनेजस्तै मलाई ससुराली जाने भनेपछि छुट्टै खुशी मिल्छ। मेरो गाउँबाट सीमा पुग्न चार किलोमिटर दूरी छ। ससुराली पुग्न जम्मा १ सय किलोमिटर दूरी। यत्ति नजिकै भएपछि जागिरको सिलसिलामा अधिकांश समय काठमाडौंमा हुने भएकाले म गाउँघरसमेत वर्षमा एक पटक मात्र पुग्छ। त्यही बेला ससुराली जाने हो।

ससुरालीसँगै भारतमा अरु आफन्त पनि छन्। आम नेपालीले बुझेजस्तो नेपाल र भारतको सम्बन्ध खराब मात्र छैन। खुसीमा रमाउने, विवाह उत्सवमा भेटघाट गर्ने र सँगसँगै रमाउँदा को भारतीय र को नेपाली भनेर कसैले सोधीखोजी गर्दैन। ‘वारी और पारी’ भन्ने चलन चाहिँ व्यापक छ। वारी भने नेपाल र पारी भने भारत बुझिन्छ। यो सम्बन्ध एकअर्का देशको नागरिक भन्दा पनि खोलापारी र खोलावारीका छिमेकीको जस्तै लाग्छ।

तर, यतिवेला देशमा भारतविरुद्ध आम नागरिक आक्रोशित छन्। ऐतिहासिक सन्धि र सम्झौताले नेपाली भनेर प्रष्ट देखाएको भूमिमा भारतले सेना राखेको र सार्वभौमसत्तामाथि हमला गरेको भन्दै नेपाली आक्रोशित बनेका हुन्।

यत्तिबेला मातृभूमीको महत्वको चर्चा भइराखेको छ। भारतसँग धार्मिक र सांस्कृतिसँगै भाषिक सम्बन्धसमेत हाम्रो सहज छ। सीमा क्षेत्रका नागरिक र देशकै लागि दुई देश मिलेर जानु राम्रो हो। तर मातृभूमिमाथि हस्तक्षेप बढ्दै जाँदा कसैले पनि अरुको देशको पक्षमा बोल्न सक्दैन। राज्यमाथि गद्धारी कुनै नागरिकले गर्दैन किनकी आफ्नो मातृभूमी सबैभन्दा प्यारो हुन्छ। जसरी आमा सबैभन्दा प्रिय हुन्छिन्। त्यसैगरी मातृभूमी सबैभन्दा प्यारो हुन्छ।

अहिले जताततै भारतले नेपाली भूमि मिचेका खबर मात्र पढ्न पाइन्छ। टेलिभिजन, रेडियो र अनलाइन हेर्दा, पढ्दा र सुन्दा त्यही कुरा छ। सामाजिक सञ्जाल पल्टायो त्यही कुरा छ। यो सबै पढेपछि दिमागमा जतिबेला पनि एउटै मात्र कुरा आउँछ र भन्न मन लाग्छ ‘गो ब्याक इन्डिया। गो ब्याक इन्डिया’।

हाम्रो देश नेपाल भारतभन्दा २२ गुणा सानो छ। जतिसुकै सानो भए पनि नेपालको पहिचान विश्वमा छुट्टै छ। यो सुन्दर देशमाथि भारतको गिद्दे नजर किन ? फेरि प्रश्न गर्न मन लाग्छ। जतिसुकै सानो भए पनि हामी सार्वभौमसत्ता सम्पन्न छौँ। भारतले हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षर गरेको सहन कुनै हालतमा सकिँदैन।

कालापानी क्षेत्र भारतलाई कुनै समय शासकले घरमा आएको बटुवालाई बास बस्न दिएको ठाउँको रुपमा सुनिन्छ। तर, उसले अहिले आएर त्यो आश्रयस्थल आफ्नै भन्दा आम नेपालीको जस्तै मेरो पनि रगत उम्लिरहेको छ। राष्ट्रप्रेम भन्ने कुरा सानो र ठूलो देशको फरक हुन सक्दैन।

मेरो ससुराली भारत हो भन्ने थाहा पाएका साथीहरु मलाई यो समयमा बेलाबेला जिस्क्याउँछन्। ‘तिम्रो ससुराली भारत नै हो। तिमी त भारतकै पक्षमा होला हैन !’ साथीहरुले मलाई जिस्क्याउने र मैले दैनिक धेरै सुन्नु परेको कुरा यही हो। तर, म देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति दृढ छु। ‘भन्छु साथीहरु साच्चै संकट आइपरे बरु ससुराली छोड्छु तर मातृभूमि एक इन्च पनि छोड्दिन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.