• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

३२ वर्षीया मिर्गौला पिडितलाई रत्ननगरका युवाहरुको आर्थिक सहयोग



  •   आइतबार, असार १४, २०७७
  • A
  • A+
  • A++

केशरबाग । भरतपुर–६, केशरबागकी ३२ वर्षीया महिलालाई शनिबार रत्ननगरका युवाहरुले आर्थिक सहयोग गरेका छन् । विगत तीन वर्षदेखि दुवै मिर्गौलामा समस्या भएपछि उपचार अभावमा बसिरहेकी कमला तामाङलाई नगद ५० हजार ५४५ रूपैयाँ सहयोग गरिएको हो ।

रत्ननगर–१५ घर भई हाल पोल्यान्ड बस्दै आएका प्रकाश ढकाल र विश्वास कट्टेलको विशेष पहलमा संकलन गरेर पठाएको रकम कालिका–६ का युवा व्यवसायी अमित श्रेष्ठ, सन्तोष लामालगायतको टोलीले बिरामीको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।

घरको आर्थिक अवस्था ज्यादै दयनीय भएकोले उपचारमा समेत समस्या भएपछि मानवीय संवेदनाका हिसाबले उपचारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरेर पठाएको नेपालबाट प्रतिनिधित्व गरेका युवा व्यवसायी श्रेष्ठले बताए ।

बिरामीको उपचारका लागि आएको रकम जथाभावी प्रयोग नहोस् भन्ने उद्देश्यले नवज्योति टोल विकास संस्थाकी सदस्य गंगा बजगाईंको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम संकलनमा ‘जय शम्भो फेसबुक समूह’ले पनि मह¤वपूर्ण भूमिका खेलेको उनले बताए । दुई छोरी र एक छोराकी आमा बिरामी भएपछि अधियाँ गरेर खान पनि नसकेको कमलाले बताइन् ।

‘श्रीमान्ले विदेशमा कमाउने र मैले यहाँ अधियाँ गरेरै भए पनि घरपरिवार पाल्दै आएका थियौँ’, उनले भनिन्, ‘अहिले आफू पनि बिरामी भएपछि काम गर्न सक्ने कुरै भएन, त्यसैले समस्यामाथि समस्या थपिँदै गएको छ ।’

श्रीमान्ले कमाएको पैसाले मात्रै नियमित डायलासिस गर्न नपुग्ने हुँदा उपचारमा पनि समस्या भएको उनको भनाइ छ । कमलाले विगत तीन वर्षदेखि हालसम्म हप्तामा दुईपटक डायलासिस गर्दै आएकी छन् ।

‘अहिलेसम्म उपचारमा १५ देखि २० लाख रूपैयाँ खर्च भएको अनुमान गरेकी छु, तर ठ्याक्कै हिसाब भने राखेकी छैन’, उनले भनिन्, ‘श्रीमान्ले विदेशमा बसेर कमाएको पैसाले मात्रै उपचार सम्भव नहुने हुँदा दायाँबायाँ ऋणधन गरेर उपचार खर्च चलाउँदै आएकी छु ।’

घरको आर्थिक अवस्था कमजोर भएपछि वडाबाट पनि केही दिनअघि नगद सात हजार रूपैयाँ सहयोग पाएको उनले बताइन् ।

लकडाउनका कारण सवारीसाधन नचल्दा उनको डायलासिस गर्नका लागि वडाले नै सवारीसाधनको व्यवस्था मिलाइदिएको थियो । ‘सम्पत्तिको नाममा जम्मा एक कट्ठा जमिन छ, त्यो पनि चार दाजुभाइ छन्, भागै लगाउने हो भने पनि कति नै पो हुन्छ र !’ कमलाका छिमेकी दयानिधि बजगाईंले भने, ‘अधियाँपात गरेर खाइरहने मान्छे आफैँ थला परेपछि ठूलो समस्यामा छिन् ।’

उनका अनुसार कमलाले अहिलेसम्म वडाले दिएको सात हजारबाहेक शनिबारकै सहयोग नै सबैभन्दा ठूलो र पहिलो सहयोग पाएकी हुन् । श्रीमतीको उपचारका लागि खाडीमा पसिना बगाइरहेका कमलाका श्रीमान्को पनि कोरोना कहरका कारण काम रोकिएकोले थप समस्यामा परेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.