साउन १८, काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य आइतवार तोलाको रू.१ लाखको हाराहारीमा पुगेको छ । अघिल्लो दिनको तुलनामा रू.३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ ।
महासंघका अनुसार गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रू. ९९ हजार ३०० रहेको थियो । यसैगरी महासंघले आइतवरका लागि तेजाबी सुनको मूल्य भने रू.९९ हजार १६० तोकेको छ ।चाँदीको मूल्य भने आइतवार प्रतितोला रू.१ हजार २३० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् । अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको रुपमा सुनलाई मानिएको कारण पनि सुनको मूल्य बढेको हो ।