चितवन । मोडल देव आर एनको नयाँ म्युजिक भिडियोको छायाकंन सम्पन्न भएको छ । गीतमा अमित चौधरीको स्वर तथा शब्द रहेको छ । चितवनको सौराहा र विभिन्न ठाउमा छायाकंन भएको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफ हिरा चौधरीले गरेका हुन ।
उक्त भिडियोमा आभास रानाले क्यामरा चलाएका छन् । गीतको भिडियोमा देव आर एनलाई मोडल सोनी अधिकारीले साथ दिएकी छन् । ‘माया गर्छु तिमीलाई’बोलको प्रस्तुत गीत युवावर्गको मनमा बस्ने अनुमान गर्न सकिन्छ । कारीब ३ दिन जती छायाकंन गरिएको भिडियोको यतिखेर सम्पादनको काम पिक्सेल प्यालेस स्टुडियो भरतपुरमा भैरहेको छ ।