• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागे ओली, १० जना मन्त्री परिवर्तन गर्दै ओली (नामावलीसहित)


  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा लामो समय देखि चल्दै आएको विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम कसरतमा लागेको बुझिएको छ । त्यसका लागि मन्त्रीमण्डल पुनर्गठन सम्मको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । विवाद समाधानका लागि गठन भएको कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले आगामी कदम चाल्ने छन् ।

पार्टी भित्र शक्ति सन्तुलन नमिलेको आवाज अघि देखि उठ्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एक नेता एक जिम्मेवारीको आवाज उठाउँदै आएका छन् । उनको माग पनि सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले तयारी थालेको बुझिएको छ ।

नेकपाले पार्टी भित्रको विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति पछि यो कार्यदल बनेको हो । कार्यदलले अहिले सम्म पार्टीभित्र उठेका विवादका विषयमा प्रधानमन्त्रीलाई सुझाव पेश गरेको छ । कार्यदलले प्रतिवेदन बुझाए लगत्तै प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका हुन् ।

सबै नेताहरुको शक्ति सन्तुलन मिलाउन केही मन्त्री र मुख्यमन्त्रप् समेत परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । एउटै नेतालाई दोहोरो जिम्मेवारी दिएको भन्दै माधव नेपाल पक्षले विरोध गर्दै आएका छन् ।

पार्टी र रकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने नेताहरुले आँकलन गरेका छन् । पुरानै नेता र मन्त्रीलाई राखिराखेर समस्या समाधान नहुने भएकाले प्रधानमन्त्री दुई वर्ष मन्त्री भइसकेर पनि कार्यप्रगती राम्रो देखाउन नसकेकाहरुलाई परिवर्तन गर्ने मनस्थितिमा छन् ।

उनका अनुसार यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीमण्डल पुनर्गठन हुने अन्य नेताहरुले पनि आँकलन गरेका छन् । राम्रो काम देखाउन नसकेका १० जना मन्त्री परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । सरकारका विरुद्ध चर्को आवाज उठाउँदै आएका नेता भीम रावल सहति सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेलाई समेट्ने सम्भावना देखिएको छ ।

हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत लगायतलाई भने निरन्तरता दिन सक्ने अनुमान गरिएको छ । मुख्यमन्त्रीहरुमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेल परिवर्तन हुने सम्भावना देखिएको छ । समितिले नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र अर्का वरिष्ठ नेता बामदेव गौतमलाई पनि उचित स्थान दिने वारेमा प्रतिवेदनमा उल्लेख गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.