• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागे ओली, १० जना मन्त्री परिवर्तन गर्दै ओली (नामावलीसहित)



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा लामो समय देखि चल्दै आएको विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम कसरतमा लागेको बुझिएको छ । त्यसका लागि मन्त्रीमण्डल पुनर्गठन सम्मको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । विवाद समाधानका लागि गठन भएको कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले आगामी कदम चाल्ने छन् ।

पार्टी भित्र शक्ति सन्तुलन नमिलेको आवाज अघि देखि उठ्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एक नेता एक जिम्मेवारीको आवाज उठाउँदै आएका छन् । उनको माग पनि सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले तयारी थालेको बुझिएको छ ।

नेकपाले पार्टी भित्रको विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति पछि यो कार्यदल बनेको हो । कार्यदलले अहिले सम्म पार्टीभित्र उठेका विवादका विषयमा प्रधानमन्त्रीलाई सुझाव पेश गरेको छ । कार्यदलले प्रतिवेदन बुझाए लगत्तै प्रधानमन्त्री मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका हुन् ।

सबै नेताहरुको शक्ति सन्तुलन मिलाउन केही मन्त्री र मुख्यमन्त्रप् समेत परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । एउटै नेतालाई दोहोरो जिम्मेवारी दिएको भन्दै माधव नेपाल पक्षले विरोध गर्दै आएका छन् ।

पार्टी र रकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने नेताहरुले आँकलन गरेका छन् । पुरानै नेता र मन्त्रीलाई राखिराखेर समस्या समाधान नहुने भएकाले प्रधानमन्त्री दुई वर्ष मन्त्री भइसकेर पनि कार्यप्रगती राम्रो देखाउन नसकेकाहरुलाई परिवर्तन गर्ने मनस्थितिमा छन् ।

उनका अनुसार यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीमण्डल पुनर्गठन हुने अन्य नेताहरुले पनि आँकलन गरेका छन् । राम्रो काम देखाउन नसकेका १० जना मन्त्री परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । सरकारका विरुद्ध चर्को आवाज उठाउँदै आएका नेता भीम रावल सहति सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेलाई समेट्ने सम्भावना देखिएको छ ।

हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत लगायतलाई भने निरन्तरता दिन सक्ने अनुमान गरिएको छ । मुख्यमन्त्रीहरुमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेल परिवर्तन हुने सम्भावना देखिएको छ । समितिले नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र अर्का वरिष्ठ नेता बामदेव गौतमलाई पनि उचित स्थान दिने वारेमा प्रतिवेदनमा उल्लेख गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.