• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुर कि जानकी (पुष्पा अधिकारी) को सन्तान मोह ले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भबिस्यको फैसला आज


  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

रतन चन्द । केयर बाल गृह कि संचालिका पुष्पा अधिकारीले आफुसँग रहेको ११ बालिकाहरुलाई फिर्ता पाउँ भनी सर्वच्च अदालतमा दिएको रिट उपर आज फै;सला हुँदैछ । २०७७ साउन २५ गतेका दिन केन्द्रिय बाल अधिकार परिषद, बुढानिलकण्ठ नपा,बालबालिका खोजतलास समन्वय केन्द्र उपर दिएको रिट दर्ता गरेपछी ३० गते बिपक्षीलाई अदालतले बालिका सहित हाँजिर हुन र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । तर बाल अधिकार परिषद ले आफ्ना कर्मचारीहरु कोरोना संक्रमणका कारण कन्ट्राक ट्रेसिङ मा परेकोले बालिकाहरुलाई उपस्थित गराउन नसकेको भने पछी । माननीय न्यायधिसद्धय सपना प्रधान मल्ल र प्रकाश सिंह राउत को इजलासले सोमबार बालिकाहरुलाई भिडियो कन्फ्रेन्स मार्फत उपस्थिती गराउन आदेश दिएको छ ।

बाल गृह बाट ती अबोध ११ जना बालिकाहरुलाई जबर्जस्ती उठाएर सरकारी निकायले उद्दार गरेको भनी प्रचारप्रसार गरे पनि यथार्थमा त्यसो नभएको प्रत्यक्षदर्शी बताउँछन । बालिकाहरुलाई घरबाट उठाएपछी बियोगमा बिक्षिप्त बनेकी पुष्पा बालिकाहरुलाई फर्काउनेमा दिनरात ससानातहका ब्यक्ती देखी उच्चअधिकारी प्रसाशन होस् या सरकार समक्ष अपिल गरी रहेकी छिन ।

बालिकाहरु प्रती यती धेरै मोह किन रु

सानै देखी बालबालिका मनपर्ने र कुनै समय माइती नेपालमा काम गरेको अनुभवले बिशेषगरी नारी प्रती श्रद्धा,आदर र सम्मान कै उपजका कारण उनलाई त्यस्ता अनाथ बाललाकिकाको स्याहर सुसारमा मोह जागेर आयो । सायद त्यसैको परीणाम होला ती बालिकाहरुलाई नयाँ जीवन दिने चाह बढेको । त्यसो त बाल गृह संचालन गर्नु अघी उनले थुप्रै बालिकाहरुलाई सहयोग नगरेको होइन । बिभिन्न स्थानबाट आएका र बेवारीसे होस् या आर्थिक परिवारीक अवस्था कमजोर होस् त्यस्ता बालिकाहरुको आश्रय थालो बनेको उक्त बाल गृहमा रहेका बालिकाहरुले कहिल्यै अनाथ को उपनाम पाएका थिएनन ।

बरु उनिहरुले एउटी प्यारी आमा पाएका थिए । त्यो बाल गृह सरकारका लागि नाम मात्रको बाल गृह थियो तर त्यहाँ रहेका बालिकाहरु त्यही घरमा जन्मिएका भन्दा कम थिएनन । त्यसैले त उनिहरुको मुखमा सँधै “पुष्पा मामु” मात्र गुन्जन्थ्यो । न्यायको कठघरमा पुष्पा,अबोध बालिकाहरुको भबिश्य र सरकारी निकाय उभिएको छ । यधपी पुष्पाले दिएको रिट बिरुद्ध फैसला भए सरकारी निकाएका कर्मचारीको सौतेनी ब्यवहार कै कारण ती बालिकाहरुलाई कथित पुनर्स्थापनाको बहानामा भबिश्य अन्धाकार देखिने पक्कापक्की छ ।

बिशेष गरी नेपालको पहाडी दुर्गम क्षेत्रमा रहेका बिपन्न परिवारको राजीखुसीमा काठमाण्डौको बातावरणमा हुर्किएका ती बालिकाहरु के फर्किएर पढ्न सक्लान वा राजधानी कै जस्तै सुबिधा सम्पन्न स्कुलमा पठनपाठन होला रु सरकारका सरोकार निकायले पुनर्मिलनको बहानामा सुन्दर सपना बोकेका बालबालिकालाई कता लानेछ आजको समाजमा जल्दो बल्दो प्रश्न चिन्ह बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.