• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

मन्त्रिमण्डल फेरिदै, यी हुन् आउने सम्भावित मन्त्रीहरु



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको आन्तरिक तयारी थालेको बुझिएको छ । पार्टी विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठनपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनका लागि आन्तरिक छलफल सुरु गरेको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

बालृुवाटार उच्च स्रोतका अनुसार शनिबारबाट काम थालेको कार्यदलले केही दिनमै अध्यक्षद्वय ओली र पुष्ककमल दाहाल प्रचण्डलाई बुझाउने प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ । शुक्रबार अध्यक्षद्वयबीच भएको छलफलमा सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने सहमति भएको थियो ।

स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ ।

योसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनगर्ठनको विषयमा आन्तरिक गृहकार्य सुरु गरेका हुन् । पार्टीभित्रको शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्री र केही मुख्यमन्त्री जिम्मेवारी हेरफेर गरिन लागिएको स्रोतको भनाइ छ ।

मन्त्रिमण्डल पुनर्गठनको आवाज नेकपाभित्र धेरै पहिलेदेखि नै उठ्दै आएकाले पार्टीमा देखिएको पछिल्लो विवाद मथर पार्न र सन्तुलन मिलाउन प्रधानमन्त्री तयार देखिएका छन् । समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले मन्त्रिमण्डल र केही मुख्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विकल्प पेस गर्ने भएपछि यो विषयमा चार्चामा आएको छ ।

बालुवाटर स्रोतले भन्यो , ‘केही केन्द्रीय मन्त्री र मुख्यमन्त्रीको हेरफेर गर्न प्रधानमन्त्री तयार देखिनु भएको छ । त्यही अनुसार कार्यदललाई कार्यदेश दिइने छ । तर कार्यदलले तयार पाएको प्रतिवेदनमा टेकेर केही मन्त्री र मुख्यमन्त्रीलाई हटाउने निश्चित छ । नयाँ मन्त्री र मुख्यमन्त्रीबारे पनि छलफल चलिरहेको छ ।’

तर पार्टी विभित्र शक्ति सन्तुलन मिलाउन यो कार्य गरिने भएकाले शीर्ष नेताहरुको राय अनुसार कसलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंग्याइने स्रोतको भनाइ छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीहरुको हेरफेर निश्चित छ ।

स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने बुझिएको छ । उनीहरुको स्थामा स्थानमा नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल, महेश बस्नेत, प्रभु साह, प्रेम आले, विशाल भट्टराई लगायतलाई मौका दिने विषयमा ओली र प्रचण्डबीच छलफल जारी छ ।

गृहमन्त्री रामबहादुर थापा, पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, अर्थमन्त्री युवराज खतिवाडा, भूमि सुधारमन्त्री पद्मा अर्याल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षमा मन्त्री गिरिराजमणि पोखरेल र खानेपानीमन्त्री विना मगरलगायतलाई फिर्ता बोलाउने तयारी भइरहेको छ ।

तत्कालीन माओवादी निकट मन्त्रीहरुलाई फिर्ता बोलाउन बुहारी विना मगरलाई पनि फिर्ता बोलाउनु पर्ने प्रचण्डलाई बाध्यता खडा भएको बुझिएको छ । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र १ का शेरधन राईको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ । यस्तै आवश्यक परे आफू पनि मुख्यमन्त्रीबाट राजिनामा दिन तयार भएको भन्दै प्रदेश ५ का मुख्यमन्त्रीले बताउँदै आएका छन् । उनको पद भने जाने नजाने निश्चित भएको छैन । द नेपाल टप

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.