• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

नेपाल फर्कन नपाउँदा डिप्रेशनको शिकार



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

युएई( लामो समयसम्म नेपाल फर्कन नपाउँदा खोटाङका रमेश राई ९नाम परिवर्तन० मानसिक रोगी भए । युएईको राजधानी आबुधावीबाट करिब २ सय ५० किलोमिटर पश्चिम रुईसको एक क्लिनिङ कम्पनीमा काम गर्दै आएका राईको कम्पनी कोरोनाको महामारीसँगै बन्द भयो।
एक लाख १० हजार रुपैयाँ तिरेर भिजिट भिसामा युएई छिरेका राईले अन्ततः युएई छिरेको तीन महिनामै जागीर गुमाउनु पर्‍यो। विदेशमा आएर धेरै पैसा कमाउने र परिवारलाई सुखी राख्ने उनको सपना कोरोनासँगै तुहियो।

एक महिनाको तलब दिने सर्तमा बंगलादेशी नागरिकले राईलाई काम लगाई दिएका थिए । कम्पनीमा नेपाली कामदार उनी एक्लो थिए । कम्पनी बन्द भएसँगै उनको पासपोर्ट लिएका बंगलादेशी नागरिक फरार भए । ५ महिनादेखि उनको हातमा न पासपोर्ट छ न त नेपाल जाने टिकट । राई अहिले घर न घाटको भएका छन् । दैनिक हुने समस्याले गर्दा उनलाई मानसिक समस्या बढ्दै आएको छ ।

स्वदेश फर्कन नपाएकै कारण गत बिहीवार सिन्धुपाल्चोककी एक जना महिलाले फेसबुक लाइभ मार्फत उद्वार गर्दिन अनुरोध गरिन्। आफूलाई कोरोना लागेको बताउँदै उनले बचाइदिन अपिल समेत गरेकी थिइन्। बिगत ६ दिनदेखि कोरोना पोजेटिभ हुँदा समेत उपचार नपाएकोले निकै समस्या भएको उनले भिडियो लाइभमा बोलेकी छिन्। ु६ दिन भो कोठाभित्र थुनेर राखेको छ, मलाई नेपाल पुर्याउनु उतै गएर मर्न चाहन्छु , नानीहरु पनि सानो छ, घरको आर्थिक स्थिति पनि राम्रो छैन, कमाउन आएको कोरोना लाग्यो।ु उनले भनेकी छिन्

उक्त घटनाको विषयमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईकी महिला संयोजक शोभा शर्मा भन्छिन्, ुगत डेढ हप्ता अघि उनलाई कोरोना पोजेटिभ देखिएको र उनी होम क्वारेण्टिनमा बसेकी हुन्।ु होम क्वारेण्टिनमा नै रहँदा त्रासले फेसबुक लाईभ गरेकी शर्माले बताईन् । होम क्वारेण्टिनमा बसेको १० दिनपछि कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।
घरेलु कामदारको रुपमा ३ बर्ष अघि युएई आएकी उनलाई आफ्ना मालिकले ९दुई कार्यकालको ४ वर्षे० भिसा सकाएर फर्कन अनुरोध गरेको तर उनी नेपाल तत्काल फर्कने भन्दै तनावमा रहेकी शर्माको भनाई छ । घर फर्कने हो भने बाँकी रहेको एक वर्षको भिसा अवधिको पैसा तिरेर जाने सर्त मालिकको छ।

शर्माका अनुसार गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईका महिला विभाग लगायत अन्य संघसंस्थाका महिला प्रतिनिधिहरुले आवश्यक परामर्श गरिरहेका छन् ।

कम्पनी बन्द भएलगत्तै लामो समय युएईमै बस्नु पर्दा उदयपुरका दिवेश कार्की ९नाम परिवर्तन० बिचल्लीमा परे । काम नभएपछि आफूसँगै बस्ने साथीभाइको कुलत संगतको कारण कार्कीले दिनहुँजसो मदिरा पिउन थाले । दुवईको अलकुज क्षेत्रको सडक र गल्ली किनारामा दैनिक रुपमा देखिने नेपाली अनुहार मध्येको कार्की एक हुन् ।

उदयपुरको गाईघाट घर बताउने उनी बिगत ४ महिना देखि बेवारिसे हुन् । कार्कीले नेपालबाट युएई आएको तीन महिना मात्र काम गर्न पाए । न उनको काम गर्ने कम्पनी छ न भिसा नै छ । पासपोर्ट समेत उनको हातमा छैन । सधैँ मदिराको तालमा लठ्ठ देखिने कार्कीलाई सोध्दा घर फर्कन चाहेको बताउँछन् । घरमा श्रीमती,२ छोरी र बुढी आमा रहेको उनले बताए ।

चितवन रामनगरका दीपक खतिवडा ९नाम परिवर्तन० पनि कोरोनाको महामारीबाट अछुतो रहन सकेनन् । प्रदेशमा धेरै पैसा कमाउन पाइन्छ भनेर आएका उनले जम्मा २२ दिन मात्र काम गर्न पाए । जति दिन काम गरे पनि पैसो भने पाएनन्।लामो समय बिना खर्च कयौं दिन भोक भोकै बस्नु परेको उनले सुनाए । सँगै बस्ने अन्य मुलुकका ९श्रीलंका बंगलादेश,पाकिस्तान० साथीभाइले खानेकुरा ९रोटी० दिएको उनले सुनाए ।

छाक टार्न रोटी दिने आफ्नो विदेशी साथीहरु उद्वार उडान मार्फत आ(आफ्नो देश फर्किसके पछि खतिवडा एक्लो भए । काम गरु काम छैन, नेपाल फर्कन पैसा छैन । एक लाख ५० हजार साहुसँग ऋण लिएर यहाँ आएको उनी अन्ततः यता न उताको भए । जसको कारण उनी मानसिक रोगी भएका छन् ।

यी माथिका केही प्रतिनिधि पात्र मात्रै हुन् । नेपाल सरकारले उद्वारको नाममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने भन्दै चर्को भाडादर लिएपछि कतिपय हवाई टिकट लिन नसक्ने कामदारहरु विदेशमै अलपत्र परेका छन् । जसको कारण उनीहरु डिप्रेशन र कुलतमा फस्दै आएका उदारहण प्रसंस्तै पाइन्छन् ।

नेपाली दुतावास युएईको तथ्याङ्कमा युएईमा २ लाख ७५ हजार नेपाली कामदार रहेका छन् । पछिल्लो समय कोरोना भाइरसका कारण हजारौं नेपाली कामदारहरुको जागिर गुमेको छ । दूतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्ये १७ प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन् । हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४२ हजारको हाराहारीमा छ । यो संख्या अझै बढ्ने देखिन्छ।

अहिले पनि वैदेशिक रोजगारीमा रहेका हजारौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन् । अत्यन्तै समस्या भएका नेपाली नागरिकहरु सरकारी खर्चमा स्वदेश फर्काउने सरकारको निर्णय अनुसार उनीहरुमा थप खुसी थपिएको हो ।
तर कहिले फर्काउने भन्ने एकिन टुङ्गो लागेको छैन। सर्वोच्च अदालतले १ जेठमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई तत्काल उद्धार गर्न सरकारलाई आदेश दिएको थियो ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमातहतको कल्याणकारी कोषको रकम खर्च गरेर उनीहरूको उद्धार गर्न सर्वोच्चको आदेश थियो ।तर सरकारले सर्वोच्चको आदेश कार्यान्वयन गरेन ।

मानसिक समस्या ९डिप्रेशन० का कारण युएईमा केही नेपालीहरुले आत्महत्या समेत गरेका छन्।जसको कारण युएईमा गत ५ महिनाको अवधिमा १ सय १० जना नेपालीको मृत्यु भएको दूतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ।
जेनतेन टिकटको व्यवस्था गर्न सकेका करिब १४ हजार श्रमिक युएईबाट स्वदेश फर्किएका छन्, तर रोजगारी गुमाएर बेखर्ची बनेका हजारौँ नेपाली अझै यतै अलपत्र छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.