Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

लोकप्रिय समाचार

बुटवलमा जव चिकित्सकले कारोना भएको थाहा पाएपछि‘



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

रुपन्देही – नियमित स्वास्थ्य जाँच गर्दै आएकी ग’र्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दौ रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अ’पहेलना समेत भोग्नु प¥यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया ग’र्भवती पेट दु’खेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् ।

चिकित्सकले ग’र्भवती को परीक्षण गरे । उनीले पहिलो सन्तानलाई श’ल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि श’ल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनीको छिटो विधिबाट पिसिआर परीक्षण ग¥यो । नतिजा पोजेटिभ आयो ।

यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे । तत्काल श’ल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र अत्यावश्यक पर्दा लुम्बिनी प्रादेशिकमा श’ल्यक्रिया हुन नसक्ने जवाफ फर्काए । चिकित्सकको टोलीले श’ल्यक्रियाका लागि नेपालगञ्ज वा काठमाडाँै लैजान रिफर समेत गरे । ग’र्भवती का श्रीमान् पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् । आफन्तले हतारहतारमा एम्बुलेन्स खोजे ।

“नियमित जाँच गर्दै आएका चिकित्सकले श्रीमान्लाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिए, सरकारी अस्पतालमा त समस्या नहोला भनेर लुम्बिनी प्रादेशिक अस्पताल गयौँ तर यहाँ हुँदैन भन्ने जवाफ पायौँ ग’र्भवती का आफन्तले भन्नुभयो, “ त्यसपछि त के गर्ने भनेर एकदमै त’नाव भयो ।”

ग’र्भवती , त्यसमाथि कोरोना पोजेटिभलाई काठमाडौँ वा नेपालगञ्जसम्म लैजान एम्बुलेन्स चालक सहजै तयार भएनन् । आज मात्रै परिवारका सदस्यले प्रसूतिका लागि ग’र्भवती लाई बुटवलबाट निजी साधनमा नेपालगञ्ज लैजाने निर्णय लिए ।

कोरोना पोजेटिभ भएका ग’र्भवती को श’ल्यक्रिया गर्न नसक्ने लुम्बिनी प्रादेशिक अस्पतालको जवाफले यहाँको स्वास्थ्य क्षेत्र कति कमजोर छ भन्ने प्रष्ट भएको ग’र्भवती का आफन्त हरि खनालले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थप भएको, अस्पतालमा निकै राम्रो सुधार आएको जस्ता समाचार सञ्चार माध्यममा आइरहेका छन् । प्रदेशको राजधानीमै कोरोना पोजेटिभको श’ल्यक्रिया गर्न नसक्ने जवाफले कोरोनाले म’हामारीको रुप लिए कति ग’र्भवती को बच्चा जन्माउन नसकेरै ज्या’न जाने हो भन्ने चि’न्ता थपिएको छ ।

कोरोना फैलिएको करिब पाँच महिनासम्म पोजेटिभ बिरामीको श’ल्यक्रियाका लागि तयारी नहुनुले स्थानीय तथा प्रदेश सरकारहरुले कोरोना रोकथाम र त्यसले सिर्जना गर्ने स्वास्थ्य समस्या निराकरणका लागि गरेका तयारी कति फितलो छन् भन्ने अझ प्रष्ट भएको छ ।

अस्पताल प्रशासननले भने कोरोना भाइरस सङ्क्रमित ग’र्भवती महिलाको उपचार तथा श’ल्यक्रियाका लागि छुट्टै कक्षको निर्माण गर्ने तयारी गरेको जनाएको छ । “अस्पतालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमित ग’र्भवती का लागि उपचारको व्यवस्था छैन”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले भन्नुुभयो, “छुट्टै कक्ष निर्माणका क्रममा छ तर बनिसकेको छैन ।”

त्यस्तै १६ दिनअघि कालिकानगरकी ४९ वर्षीया महिलाको उपचारका क्रममा चितवनमा निधन भयो । उनको शव बुटवल ल्याएर दाहसंस्कार गरियो । त्यसको एक दुई दिनमा मृतकका देवरको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । परिवारका थुपै्र सदस्यमा कोरोनाका लक्षण देखिए । उपमहानगरपालिकाका प्रमुख आफैँ उपस्थित भएर परिवारका सदस्यलाई बाहिर ननिस्किन आग्रह त गर्नुभयो तर उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न तीन दिनपछि बल्ल स्वास्थ्यकर्मी आए । स्वाब सङ्कलन पनि भयो तर रिपोर्ट समयमा आएन ।

प्रादेशिक अस्पतालकै ल्याबमा नपठाएर भैरहवास्थित ल्याबमा पठाइएका कारण रिपोर्ट आउन ढिला भएको भन्ने जवाफ आयो । जसका कारण मृतकका घरमा आएर फर्किएकासमेत त्र’सित भए । रिपोर्ट आउन ढिलाइ भएपछि परिवारकै दुई जना सदस्यले निजीमा परीक्षण गराउँदा पोजेटिभ आयो । आफूहरु सङ्क्रमित भएको करिब १४ दिनपछि बल्ल नगरपालिकाले सङ्कलन गरेको स्वाबको रिपोर्ट आएको उनीहरु बताउँछन् । “रिपोर्ट समयमा नआउँदाको मा’नसिक पि’डा झेल्न झन गाह्रो हुँदोरहेछ”, अहिले बुटवलको आइसोलेशनमा बसेका सङ्क्रमित युवकले भन्नुभयो । परिवारका केही सदस्य घरमै छन् भने केही देवीनगरस्थित आइसोलेशन सेन्टरमा छन् । उनीहरुलाई १४ दिन राखेर मात्र घर पठाउन मिल्ने स्वास्थ्यकर्मी बताउँछन् । जबकी उनीहरुलाई सङ्क्रमित भएको १५ दिनपछि आइसोलेशनमा लगिएको छ । यसका कारण उनीहरु एक महिना थु’निनुपर्ने अवस्था आएको छ ।

सामाजिक अभियन्ता गोविन्द खनाल यी घटनाले कोरोना सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणमा सरकारी निकाय सं’वेदनशील छैनन् भन्ने प्रष्ट देखाएको बताउनुहुन्छ । समुदायमा कोरोना भाइरस सङ्क्रमण ती’व्र गतिमा फैलिरहेकाले प्रदेश सरकारले प्रत्येक घरका कम्तीमा एक जनाको परीक्षण गर्नुपर्ने र त्यसमा महिला, बालबालिका र वृद्धलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

प्रदेश सरकार र स्थानीय सरकार कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सक्षम रहेको बताइरहे पनि समयमै पिसिआर परीक्षण र रिपोर्टको नतिजा नआउँदा समस्या देखिएको छ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमित ग’र्भवती महिलाको उपचार तथा श’ल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको बताउनुभयो ।

“दोस्रो पटकको श’ल्यक्रिया तथा अन्य शारीरिक समस्या भएको खण्डमा मात्रै अन्यत्र रिफर गरिए पनि सामान्य अवस्थामा भने उपचारको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले भीम अस्पतालमा कोभिड–१९ सङ्क्रमित ग’र्भवती का लागि उपचारको व्यवस्था गरिएको दाबी गरे पनि अस्पतालले भने कुनै पनि व्यवस्था नभएको प्रतिक्रिया दिएको छ ।

“हामीलाई कोभिड–१९ सङ्क्रमित ग’र्भवती को हकमा उपचार तथा श’ल्यक्रियाका लागि भने कुनै परिपत्र आएको छैन”, अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले भन्नुभयो, पछिल्लो समयमा कोभिड –१९ का बिरामीसमेत राखिएको छैन ।” तस्विर फाइल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

ट्रेन्डिङ

सबै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.