• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा कोरोना संक्रमित नर्सको मार्मिक स्टाटसले छोयो सबैको मन


  •   बिहिबार, भदौ ०४, २०७७
  • A
  • A+
  • A++

देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।

संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी र उनिहरूकाे परिवारलाई समाजले तिरस्कार गर्दा थप मानसिक तनाब झेल्नुपरिरहेको छ । संक्रमित भएरभन्दा पनि समाजबाट अपहेलित हुनुपर्दा बिरामी हुनुपरेको पीडा छ  स्वास्थ्यकर्मीलाई । समाजबाट हुने यस्ता घृणित गतिविधिले आफुहरुको मनोबल गिरीरहेको बारम्बार स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

भरतपुरमा संक्रमित स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दोहोरिएको छ । चितवन, भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफु सहित परिवारले भोग्नुपरेको समस्या हेल्थपाटीलाई सुनाउनुभयो । हेल्थपाटीका लागि जगन्नाथ ढकालले थापासँग कुरागर्नुभएको छ ।

संक्रमित थापाले भोग्नुपरेको समस्या उहाँकै शब्दमा :

म भरतपुरको सेन्ट्रल अस्पतालमा कार्यरत छु । यस अस्पतलामा आएका एक बिरामीलाई संक्रमण पुष्टि भएपछि हामी सबै स्वास्थ्यकर्मीको पीसीआर परीक्षण भयो । म लगायत ५ जनालाई संक्रमण पुष्टि भयो । मंगलबार कोरोना पुष्टि भएपछि हामी यही अस्पतालको आइसोलेसनमा छौं । मेरो अवस्था सामान्य छ । औषधि समेत लिनपर्दैन । तर अहिले मैले मानसिक तनाव खेपिरहेकी छु ।

जब मलाई कोरोना पुष्टि भयो, मेरो बाबा– ममीलाई छर–छिमेक तथा आफन्तले समेत गाली गलौज गरे । छोरीलाई किन अस्पताल पठाइस् भन्दै छरछिमेकले हप्कीदप्की गरिरहेका छन् । यतिमात्रै होइन अग्रस्थानमा खटिएका प्रहरीले समेत हामीलाई दुर्व्यवहार गरे । मेरो घरमा प्रहरी आएर उल्टै मेरा बाबा ममीलाई कराउनुभएछ । उनीहरुले त समाजलाई सम्झाउनुपर्ने होइन र रु हामी कहाँ छौ ।

म घर नगएको धेरै दिन भइसकेको थियो । मलाई संक्रमण पुष्टि भएपछि बाबा, ममी, भाइ र एक जना अर्को दाई क्वारेन्टिनमा हुनुहुन्छ । दुर्व्यवहारका कारण मेरो बाबा ममीलाई खानेकुरा ल्याउन पुर्याउन कोही नभएपछि म कार्यरत अस्पतालका दाईहरुले आवश्यक सामान पुर्याइरहनु भएको छ । मैले सोचीरहेकी छु, सबैको प्रिय थियौ हामी तर संक्रमित भएपछि किन यस्तो पराई भयौ । घरमा नै बस्दा किन असुरिक्षत भयौ ।

यसअघि पनि विभिन्न स्थानमा संक्रमितले यस्तै समस्या भोगेको खबरबाट डराउनुभएको मेरो बाबाले हामीलाई पनि त्यस्तै दिन आउनेछ भनेर मलाई अस्पतालको जागिर छोड भनेर दबाब दिनुहुन्थ्यो । तर मैले यस्तो विषम् परिस्थितिमा बिरामी र त्रासबाट भाग्न सक्दिन भनेर बिरामीको उपचार गरे र उनीहरुको उपचार गर्दा नै म संक्रमित भए । तर म र मेरो परिवार तिरस्कृत हुन परेको छ । यो मैले र मेरो परिवारले मात्रै होइन अन्य संक्रमित र उनीहरुको परिवारले भोगिरहेको तितो यथार्थ हो ।

थापाको फेसवुक स्टाटस यस्तो थियो :

मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तरपनि मैले कुनै दिन जागिर छोड्ने मनशाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश थुप्रोमा मेरो,तपाईको कसैन कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केहि दिनदेखि घर जान छोडिदिए । कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।

घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलागेको भनेर तनाव दिइरहेका छन् । वाह  समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र रुरु आइसोलेसनमा आफै बसेको छ तरपनि मानसिक तनाव किन  रुम कुन मुखले बाबालाई भनु फेरि अस्पताल जान्छु भनेर । हेल्थ पाटि बाट साभार 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.