विगत लामो समयदेखि सामाजिक संजाल पत्रपत्रिका आम जनमानसमा लोडसेडिङको विषयलाई लिएर विभिन्न टिका टिप्पणीहरु अपेक्षाहरु कौतुहलता,भ्रम थीयो र छ पनि । लेखकको मुकेश काफ्ले अर्थात विद्युत प्राधिकरणका पूर्वप्रमुखप्रमुख सँग कुनै पारिवारिक सम्बन्ध कुनै व्यक्तिगत उठबस, चिनाजानी वा भनौं दुरदुर सम्म कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छु ।
नेपालको इतिहास पल्टाएर हेर्ने हो भने धेरै टाढा जानै पर्दैन । मल्लकाल, शाहवंश, राणा शासन अझ लोकतन्त्र यी सबै कालखण्डमा इमान्दार राष्ट्र सेवक कर्मवीर हरुलाई कुनै न रुपमा मूलधारबाट अलग्याईन्छ । स्मरणको लागी कोतपर्व, मदन भण्डारी हत्या काण्ड, राजदरबार काण्ड पर्याप्त छ |
” नेपाल दुई ढुंगा बिचको तरुल हो ” भन्ने मर्मस्पर्शी शब्दभित्र गहिरो सन्देश रहेको छ । विशाल दुई छिमेकी मुलुक समृद्धिको बाटोमा लम्की रहँदा आफ्नो गति समात्न नसक्नु आफैंमा पनि दुर्भाग्यपूर्ण छ । आधुनिक समृद्धिको एउटा प्रमुख पिलर मध्ये ऊर्जा निकै महत्वपूर्ण मानिन्छ । तपाईं-हामीले सानैदेखि सुन्दै आएको नेपाल जलस्रोतको दोस्रो ठूलो र जलबिद्युतको लागि दोस्रो ठूलो सम्भावना बोकेको मुलुक मुलुकको हो । जलस्रोतको उपयोग जलबिद्युतको लागि मात्र नभई अब मानव प्रयोगको लागि पनि अति नै आवश्यक देखिन्छ । हाम्रा छिमेकी मुलुक खासगरी भारत पिउने पानी दैनिक उपभोग, सिचाइ, कृषि उपयोग आदिको स्रोत हिमालय पर्वत बाट बग्ने नदीहरूमा निर्भर छ । सिधा अर्थमा भन्ने हो भने भोलिको भारत सम्पूर्ण रुपमा पानीको लागि नेपालमै निर्भर रहने लगभग निश्चित छ । त्यसको लागि विगत लामो समयदेखि आफ्नो ‘ठुल्दाई’ रबैया अपनाउँदै आइरहेको छ । आफ्नो दुरगामी स्वार्थ पुरा गर्न नेपालको कुनै पनि क्षेत्रमा अवरोध, उपस्थिति, हस्तक्षेप गर्दै आइरहेको हामी देखी पनि रहेका छौ | त्यसैको एउटा उदाहरण नेपालको जलस्रोत र उर्जा पनि हो ।
नेपाल जस्तो आयातमुखी भूपरिवेष्ठित कमजोर मुलुकलाई सजिलैसँग आफ्नो नियन्त्रण ,आफू अनुकूल बनाउन कुनै गारो पनि छैन | विगतका विभिन्न उदाहरणहरु हेर्दा राजनीतिक रूपमा अस्थिर बनाइ शुक्ष्म व्यवस्था गर्दै आएको भारत आफु अनुकुल नभएको खण्डमा पात्रहरु परिवर्तन गरेर भएपनि आफ्नो दीर्घकालीन अभिष्ट पूरा गर्दै आइरहेको छ । त्यसैको एउटा उदाहरण मुकेश काफ्ले को बहिर्गमन र कुलमान घिसिङ को आवागमन पनि हो |
आखिर मुकेश काफ्ले बसिरहँदा कसको स्वार्थ पुर्याउन पुरा हुँदैनथ्यो ? के साँचै १८ घण्टा लोडसेडिङ गर्ने काफ्ले नै थिए त ? तत्कालीन समयमा विधुत उत्पादनको अवस्था कस्तो थियो ? कति मेगावाट आवश्यक थियो ? कति मेगावाट उपलब्ध थियो ? कस्ता-कस्ता प्रोजेक्टहरु पाइप लाइनमा थिए ? कस्को मुख्य स्वार्थहरु थियो ? एउटा संस्थामा ब्यक्ति कति शक्तिशाली हुन्छ ? उनको हालको आर्थिक हैसियत कस्तो छ त ? कि त्यतिखेर उत्पादित विद्युत खेर फाल्न नदीमा हालिएको थियो ? उनको बहिर्गमन पश्चात कस्ता-कस्ता नीतिगत सम्झौताहरू भए ? क्षणिक लाभ प्राप्त गर्न दीर्घकालीन असर पार्ने कामहरु पो भए की ? अध्ययनशील हुने बेलामा भएको छ । की हाम्रो देवत्वकरण र दानवीकरणको परम्परा को बिडो थाम्या मात्रै हो ?
स्मरणीय के छ भने कुनै पात्र आउँदैमा वा जाँदैमा संगठनको लक्ष्यमा यति ठूलो असर पर्दैन, जति देखाउन खोजिएको छ । संगठनले छोटो अवधिको र लामो अवधिको लक्ष्य निर्धारण गरेको हुन्छ । छोटो अवधिको लक्ष्य पूरा गर्ने सन्दर्भमा पक्कै पनि मुकेश काफ्ले असफल देखिएका हुनसक्छन । उर्जाको अत्याधिक माग र पाइप लाइनमा भएका विद्युत उत्पादनहरू समयमै नसकिँदा छोटो अवधिको लक्ष्य पूरा नभएको पक्कै हो । तर दीर्घकालीन लक्ष्य पूरा गर्न प्रसारण लाइनको निर्माण, नयाँ प्रविधि भित्राउने तथा संगठनलाई चुस्त दुरुस्त बनाउने जस्ता काम गर्नुका साथै देशलाई दिर्घकालिन अहित हुने कुरामा हस्ताक्षर नगर्या भने पक्कै हो |
कसैलाई भिलेन बनाउन हिरो आउनू नै पर्छ र ? अहिलेका हिरो के साँच्चै नै हिरो हुन् त ? कि पर्दाका हिरो मात्र हुन् ? काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भाग्यमानी मात्रै पो हुन् कि ? उनकै पालामा पूर्वनिर्धारित कामहरु समापनमा हुनु प्रसारण लाइन बन्नु जस्त कारणले कुलमान हिरो भएका त होइनन ? हो संगठनात्मक रुपमा दक्ष, सन्तुलित बोल्ने, नेतृत्व गर्न लायक कुशल नेतृत्व हो भन्ने कुरामा कुनै शंका छैन । त्यसोभए अब पुरस्कार स्वरुप अख्तियार प्रमूख पो दिने की ? दूधको दुध पानीको पानी हुन्थ्यो कि ?
लेखक : उज्ज्वल काफ्ले