• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ९. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?



  •   शुक्रबार, भदौ २०, २०८२
  • A
  • A+
  • A++

फेसबुक जस्ता कतिपय सामाजिक सञ्जाल बन्द हुँदा के हुन्छ ? सम्भवत: धेरैलाई यसले एक किसिमको छटपटी पैदा भएको छ । फेसबुक जस्ता प्लेटफर्मबाटै खानेकुरा बेचिरहेकी एक महिला, म्यासेन्जरबाट विदेशमा भएका छोरोसँग भिडियो कल गरिरहेकी एक आमा, फेसबुक स्क्रोल गर्दै पट्यारलाग्दा दिनहरू कटाइरहेका बिरामी कुरुवा । यी सबैलाई एक छिन समय नै टक्क रोकिए जस्तो हुनसक्छ । किनभने मान्छेहरू यी माध्याममा कति अभ्यस्त भइसके भने यो उनीहरूको जीवनकै एक अभिन्न पाटो बन्नपुग्यो ।

बिहान उठ्यो फेसबुक, राति सुत्नुअघि फेसबुक । मान्छेले आफूलाई फेसबुकबाट अलग राख्नै कठिन हुने स्थिति थियो । कतिले यसबाट मनोरञ्जन लिन्थे भने, कतिले राम्रै आयआर्जन पनि गरिरहेका थिए । कतिले आफ्नो रचनात्मक क्षमता देखाइरहेका थिए । कतिका लागि भने यो कुलत जस्तै थियो । आखिर जे भएपनि मान्छेको जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको थियो ।

यतिबेला नेपालमा फेसबुकलगायत कतिपय सामाजिक सञ्जाल बन्द हुँदैछन्÷भएका छन् । यसले मान्छेको जीवनशैलीमा के असर गर्छ त ?

१. सहज सञ्चारमा अवरोध

भौगोलिक रूपमा टाढा भएका परिवार, आफन्त, साथीभाइ जोड्ने सबैभन्दा सहज माध्याम थियो फेसबुक । को कहाँ छन्, के गर्दैछन्, कस्तो स्थितिमा छन् ? सबैकुरा साझेदार हुन्थ्यो । मान्छेहरूले आफ्नो विचार, मनको कुरा मात्र होइन फोटो–भिडियो पनि राख्ने गर्थे । यसले गर्दा मान्छेहरू टाढा भएपनि भावनात्मक रूपमा नजिक र एकाकार बनाउथ्यो । फेसबुक बन्द भएसँगै यसमा अवरोध पुग्नेछ ।

२. निःशुल्क संवादमा अवरोध

धेरैजसो मान्छे फेसबुक वा ह्वाटसएप जस्ता माध्यामबाटै कुराकानी गर्न अभ्यस्त भइसकेका थिए । यी माध्यमबाट कुरा गर्न कुनै पैसा नलाग्ने र असहज पनि नहुने भएकाले धेरैका लागि यो कुराकानीको राम्रो विकल्प थियो । यी माध्यामहरू बन्द हुँदा कतिपयलाई अरू विकल्प खोज्न गाह्रो हुन्छ र झन्झटिलो लाग्न सक्छ ।

३. आयआर्जनमा असर

साना उद्यम वा व्यवसाय गर्नेहरूका लागि प्रभावकारी प्लेटफर्म थियो फेसबुक जस्ता सामाजिक सञ्जाल । ठूला पसल थाप्नका लागि पूँजी नभएका, सटर भाडा तिर्न नसक्नेहरू पनि फेसबुककै माध्याम अपनाएर सानोतिनो उद्यम–व्यवसाय गरिरहेका थिए । कोही घरमै अचार बनाएर बेचिरहेका थिए, कोही आफ्नो कोठामै हस्तकला बनाएर बेचिरहेका थिए । यसले नयाँ पुस्ता र रचनात्मक क्षमता भएकाहरूलाई राम्रो सुविधा दिएको थियो । फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द हुँदा उनीहरूको उद्यम, व्यवसाय पूर्णत प्रभावित हुनेछन् ।

४. सूचनाको पहुँचबाट टाढा

मान्छेले कहाँ के भइरहेको छ भन्ने जानकारी पाउन, समाचारहरू हेर्न पनि फेसबुक, एक्स जस्ता माध्याम प्रयोग गरिरहेका हुन्थे । कुनै ठाउँमा केही घटना भयो भने, कुनै नयाँ कुरा देखियो भने फेसबुक, एक्स जस्ता सञ्जालमा तुरुन्तै हाल्ने, लाइभ गर्ने बानी धेरैको थियो । यसले सूचना, जानकारीहरू प्रसारका लागि निकै ठूलो भूमिका खेलेको हुन्थ्यो ।

कहाँ के भइरहेको छ ? के हुनेछ ? इत्यादि जानकारी सामाजिक सञ्जालबाटै प्राप्त हुन्थ्यो । भोलि पानी पर्ने सम्भावना छकि छैन भन्नेदेखि सर्पदंशको उपचार फलानो ठाउँमा पाइन्छ भन्ने जस्ता आधारभूत जानकारी पनि फेसबुकबाट पाइरहेका थिए । यी कुराहरूका प्रयोगकर्ता वञ्चित हुनेछन् ।

५.छटपटी र एक्लोपनको महसुस

धेरै मान्छेका लागि एक्लोपनबाट मुक्त हुने राम्रो उपाय थियो, फेसबुक जस्ता सामाजिक सञ्जाल । अस्पतालको शैयामा उपचार पर्खिरहेका बिरामी, उसको कुरुवा, विमानस्थलमा पालो पर्खिरहेका यात्रुलाई पट्यारलाग्दो समय कटाउन फेसबुक जस्ता सामाजिक सञ्जालबाट उपयोगी हुन्थ्यो । आमाबुबाबाट टाढा रहेका छोराछोरी होस् वा कोठामा एक्लै बसिरहेकी गृहणी, सबैका लागि साथी जस्तै थियो फेसबुक जस्ता सामाजिक सञ्जाल । एक्लोपन वा मानसिक समस्याबाट छुटकारा दिलाउन यो राम्रो माध्याम थियो । फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द हुँदा धेरैले एक किसिमको छटपटी महसुस गर्नेछन् ।

६. संस्कृतिक तथा रहनसहनको आदान-प्रदानमा कमी

मनोरञ्जन तथा सांस्कृतिक आदानप्रदानमा कमी हुनेछ । फेसबुक एक यस्तो माध्याम थियो, जसले दूरदराजको एकलासे गाउँमा बस्ने मान्छेलाई विश्वसँग एकाकार गराइरहेको हुन्थ्यो । कुन देश कस्तो छ, त्यहाँको रहनसहन कस्तो छ ? खानपान कस्तो छ ? इत्यादि कुराबारे मान्छेले यही माध्यामबाट बढी जानकारी हासिल गरिरहेका थिए । सामाजिक सञ्जाल बन्द भएपछि यसलाई पनि प्रभावित बनाउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.