• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

प्रविधि र व्यवहार परिवर्तन बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन” – प्रधानमन्त्री सुशीला कार्की

  •   बुधबार, मङि्सर १०, २०८२
  • A
  • A+
  • A++

प्रधानमन्त्री सुशीला कार्की ले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तनलाई लैङ्गिक हिंसा अन्त्यका लागि अपरिहार्य पूर्वसर्त भएको बताएकी छन्। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको १६ दिने अभियानको उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रभावित हुने सामाजिक यथार्थ बुझ्न आवश्यक रहेको औँल्याइन्। प्रविधिको प्रयोगले सचेतना विस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने भएकाले यस वर्षको नाराको सान्दर्भिकता रहेको उनले भनिन्। उनी कुनै धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने र संविधान तथा कानुनी संरचनाले महिलालाई समान अधिकार दिएको भए पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको स्पष्ट गरिन्।

प्रधानमन्त्री कार्कीले निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढाउन र निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन दलहरूले पहल गर्नुपर्नेमा जोड दिइन्। साथै, हिंसाले महिलाको जीवनमा मानसिक तथा बहुआयामिक चोट पुर्‍याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहने बताइन्।

उनले भनिन्, “सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ। कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो। यसमा सबै लाग्नुपर्छ।” प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.