चितवनः नेपाली युवा उद्यमी मञ्च चितवनले जिल्लामा कोभिड १९ का कारण रगतको अभावलाई मद्यनजर गर्दै आयोजना गरेको टोलटोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मञ्चका द्वीतीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार भदौ ८ गतेबाट सुरु भएको रक्तदान कार्यक्रम चितवन र नवलपुरका १८ विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरिएको थियो ।
नेपाली युवा उधमी मंच, चितवनको संयोजनमा सुरु गरिएको घुम्ति रक्तदान कार्यक्रममा १ बिदेशी नागरिक, २१महिला सहित जम्मा ३०१ पिन्ट रगत संकलन गरिएको थियो।
अधिकारीका अनुसार उधोग बाणिज्य सघ चितवन र नेपाली युवा उधमी मंच, चितवन”को सयुक्त आयोजनामा धर्मचोकबाट सुरु भएको अभियान अन्तर्गत गैडाकोट, गितानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिषर लगाएतका क्षेत्रमा शिबिर गरिएको थियो ।
रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भईरहेका वेला यो अभियान निकै उपयोगि भएको बताउनुभयो । उहाँले भन्नुभयो “संकटको वेलामा मञ्च सबैका लागि सहयोगी वन्यो ।”
यसअघि दैनिक ६० पोका सम्म रगत संकलन हुदै आएपनि निषेधाज्ञा पछि रगत संकलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीको लागि पनि रगत पाउने अबस्था नभएको उहाँले बताउनु भयो। पौडेलका अनुसार जिल्लाका अस्पतालहरुमा दैनिक औसत १सय ५० युनिट रगत आवश्यक पर्छ ।
केन्द्रले यसअघि चितवन संगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगाएतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढि प्रभाबित भएका छन् । वाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।
कोरोना त्रासका कारण बिगतमा रक्तदान गर्नेहरु समेत अहिले डराएका छन् ।स्वस्थ व्यक्तिले प्रत्येक तिन -तिन महिनामा रक्तदान गर्न सक्दछन् ।