ड्रागन फ्रुटको परिचय :
दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भएको अति स्वादिष्ट, गुणकारी एबं हेर्दा पनि आकर्षक देखिने र खाऊँ – खाऊँ लाग्ने फलको नाम हो ड्रागन फ्रुट। यसलाई पिताया र पितानाया पनि भनिन्छ।
नेपालमा यसलाई ड्रागन फल, सिउंडी फल र कतै कतै सिम्थी फल पनि भन्ने गरिएको पाईन्छ। यसको बैज्ञानिक नाम हीइलोसेरियस अनडाइटम र फ्यामिली नाम क्याक्टसी हो। यो क्याक्टसकै एक प्रजाति हो।
मानब शरीरलाई चाहिने सम्पूर्ण तत्व एबम धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकोले यस फललाई सुपर फुड , रोग प्रतिरोगात्मक क्षमता बडाउने र शरीरमा शक्ति तथा उर्जा वृद्धि गर्न भएकाले शक्तिका पावर हाउस र धेरै किशिमका औषधी तत्व पाईने भएको कारण औषधीय फल पनि भनिन्छ ।
विश्वमा पाइने खान योग्य ड्रागन फ्रुट सामान्यतया तिन प्रकारका हुन्छन। रातो, सेतो र पहेलो। यी तिनै किशिमका ड्रागन फलको बोट, हाँगा, फुल र पाक्न अघिको फल हेरी उस्तै उस्तै देखिन्छ। फल पाक्न थाले पछि आफ्नै खल रंगमा परिणत हुन्छन। यी तिन प्रजातिको नेपालमा सफल उत्पादन भईसकेको छ।
ड्रागन फ्रूटको फाइदाहरु, खेति गर्ने तरिका, भण्डारण गर्ने तरीका तथा बिरुवा पाईने ठाउको बारेमा अन्य अंकमा प्रकाशन गर्ने छौं ।