• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

नेपालका बजारमा भारतीय केरा बिक्रि तर नेपाली उत्पादन बोटमै कुहिँदै



  •   बुधबार, भदौ २४, २०७७
  • A
  • A+
  • A++

परासी – कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।

स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि यहाँका कृषक निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्बाध सवारीसाधन सञ्चालन हुन नपाउँदा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले राससलाई बताउनुभयो ।

पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा रहेको छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उहाँले बताउनुभयो । सङ्घका अनुसार जिल्लामा वार्षिक रु दुई अर्ब बराबरको केरा उत्पादन हुने गरेको छ ।

पश्चिम नवलपरासीमा करीब दुई हजार ५०० बिघामा केराखेती हुने गरेको छ । दुई हजार कृषक यसमा संलग्न छन् । विगतमा एक हजार २०० कृषक केरा खेतीमा आबद्ध थिए । यहाँ उत्पादित केरा स्थानीय बजारसहित कास्की, काठमाडौँ, चितवन, धादिङ, रुपन्देहीलगायतका शहरमा पुग्ने गरेको छ ।

उखुको विकल्पमा केराखेतीतर्फ आकर्षित कृषक लामो समयको बन्दाबन्दका कारण बिक्री हुन छाडेपछि चिन्तामा छन् । जिल्लामा सबैभन्दा धेरै केरा उत्पादन गर्दै आउनुभएका सुस्ता गाउँपालिका–५ का सञ्जय कोंहारले बिक्री हुन नसकेर खेतमै कुहिन थालेको गुनासो गर्नुभयो । एक्काइस बिघा क्षेत्रफलमा केरा खेती गरेको बताउँदै उहाँले भन्नुभयो, “केरा खेतमै पाकेको छ, कहाँ लगेर बिक्री गरौँ, धेरै चिन्ता लागेको छ, कोरोना महामारीका कारण यस वर्ष मेरो रु ५० लाखको केरा नोक्सान हुने अवस्थामा छ, बजारको व्यवस्थापन गरिदिन अनुरोध छ। ”
बजारसम्म सहज रुपमा केरा पुग्न नसक्दा कृषकले केराको उचित मूल्य पाउन सकेका छैनन् । थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले रु ३० मा पुगेको उहाँले बताउनुभयो । वार्षिक २१ लाख जग्गा भाडामा लिएर व्यावसायिक रुपमा केराखेती गर्नुभएका कोंहारको खेतमा ४५ हजार केराका बोट छन् । बजारको व्यवस्थापन समयमै र सहज रुपमा हुन सके केरा खेतीबाट लगानीको झण्डै दोब्बर आम्दानी हुने गरेको कृषक बताउँछन् । कृषक कोंहार केराखेतीबाट वार्षिक रु ४५ लाखसम्म नाफा हुने गरेको बताउनुहुन्छ । यस वर्ष लागत उठाउन पनि मुश्किल परेको उहाँको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–६ का छविलाल हरिजनले बिक्रीका लागि तयार भएको केरा खेतमै कुहिन थालेको बताउँदै लागत उठाउन पनि गाह्रो भएको गुनासो गर्नुभयो । केराको उचित मूल्य पाउने वातावरण बनाइदिन उहाँले सरकारसँग माग गर्नुभएको छ । दुई वर्षदेखि केराखेती थाल्नुभएका हरिजनले दुई बिघाभन्दा बढीमा केराखेती गर्नुभएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखुको मुख्य क्षेत्रका रुपमा परिचित रहे पनि लामो समयसम्म भुक्तानी नपाउने समस्या भोगेका यहाँका कृषकले उखुको विकल्पमा नगदे बालीकै रुपमा केराखेती गरेका हुन् । पछिल्लो पटकको विषम परिस्थितिले यो खेती पनि धराशायी हुने अवस्थामा पुगेको सङ्घका वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी बताउनुहुन्छ । “हाम्रो केराले बजार पाउन भारतबाट आयात हुने केरा रोक्नुपर्छ या त नेपालको केरा सकिएपछि मात्र आयात गर्ने व्यवस्था गर्नुपर्छ, एक त समयमा मल नपाएर हामी कृषक प्रताडित छौँ, भारतमा मल सस्तो पर्ने तर हामी कहाँ महँगो पर्न जाँदा हाम्रो उत्पादन लागत बढी हुन्छ, हामीले भारतबाट आउने केरासँग प्रतिस्पर्धा गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

मुलुकमा तीन तहका सरकार बने पनि कृषकको हितमा कुनै सरकारले ठोस काम गर्न नसकेको उहाँको आरोप छ । खुला सीमा नै नेपाली कृषकको मुख्य चुनौती रहेको विनयी त्रिवेणी गाउँपालिका–७ का कृषक मदनकुमार कुशवाहा बताउनुहुन्छ ।
कोरोना महामारीका कारण बिचौलिया हावी हुँदा केरा कृषकले उचित मूल्य पाउन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार केराको खुद्रा मूल्यमा घटी नभएको तर बिचौलियाले थोक मूल्य दोब्बर घटाएर कृषकसँग केरा खरीद गर्ने गरेका छन् ।
स्थानीयस्तरमा कृषि प्राविधिक उपलब्ध नहुनु तथा केराको बीमा हुन नसक्दा उत्पादन वृद्धि गर्न पनि नसकिएको कृषकको गुनासो छ । प्रतापपुर, सुस्तालगायत गाउँपालिकामा कृषि प्राविधिक नहुँदा प्राविधिक सहयोग पाउन नसक्नाका साथै कृषकमैत्री बीमा नीति नहुँदा केराको बीमा पनि गर्न नसकिएको कृषक कुशवाहाले बताउनुभयो ।

केरामा नेपाल ५० प्रतिशत आत्मनिर्भर मानिन्छ । केरा खेतीलाई दीर्घकालीन रुपमा स्थापित गर्न समयानुकूल केरा नीतिको आवश्यक रहेको कृषक बताउँछन् । कृषकलाई उचित अनुदान, समयमा मलबीउको उपलब्धता तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्न सके केराबाट हजारौँ कृषक आत्मनिर्भर हुने सङ्घका अध्यक्ष यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.