भरतपुर मविले CTEVT को फारम शुल्क CTEVT ले तोके भन्दा दोब्बर लिएकोमा भरतपुर युवा संजालका संयोजक सन्देश वाग्लेले बिरोध जनाएका छन्।
CTEVT ले सम्बन्धन प्राप्त कलेजको लागि फारम शुल्क रु ८०० तोके पनि भरतपुर माविले परीक्षा शुल्क भनेर थप रु ७०० सहित प्रत्येक बिद्यार्थीसंग रु १५०० लिएको सन्देश वाग्लेले बताए।
भरतपुर मविले CTEVT को डिप्लोमा तहको अन्तर्गत एजी र सिभिल इन्जिनियरको पठन पाठन गराउदै आएको छ।
कोरोनाको समयमा CTEVT ले प्रवेश परीक्षा नलिने र अंकको आधारमा भर्ना लिन सकिने व्यवस्था मिलाए पनि भरतपुर मविले परीक्षा शुल्क भनेर अतिरिक्त शुल्क लिनु गैरजिम्मेबारी व्यवहार देखाएको कारण वाग्लेले सम्बन्धित निकायलाई अनुगमन गर्नको लागि अनुरोध गरे।
चितवनमै रहेको सगरमाथा टेक्निकल कलेज, नारायणी पोलीटेक्निकल इन्स्टित्युट, श्री मेडिकल कलेज ,दिवाकर स्मृति कलेज , ओएसीस मेडिकल कलेज , स्कुल अफ हेल्थ साइन्स , पुरानो मेडिकल कलेजले भने फारम शुल्क रु ८०० लिदै आएको छ।
थप शुल्कले गर्दा बिद्यार्थीमा पर्न गएको आर्थिक भारको जिम्मेबारी कसले लिने ?