• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

ब्यबसायीको डिजिटल मार्केटिंङ्ग सहयात्री बन्दै एस डि टेक कम्पनी



  •   शनिबार, असोज २४, २०७७
  • A
  • A+
  • A++

गतवर्ष देखि औपचारिक रूपमा डिजिटल मार्केटिंग सम्बन्धि काम गर्दै आएको सस्था हो, एस डि टेक कम्पनि प्रा. लि. ( SD Tech Company Pvt. Ltd.) । यसको कार्यालय अहिले सी.एम.सी हस्पिटल आगाडी रहेको छ। यस कम्पनिले व्यवसायको सम्पूर्ण डिजिटल मार्केटिंग सम्बन्धि गर्ने गरेको छ र चितवनका विभिन्न व्यवसायी मन जित्न सफल भएको छ।नारायणी दैनिकसंग यसै कम्पनिका प्रबन्ध निर्देशक सौगात देवकोटासंग भएको कुराकानी :

प्रश्न : तपाईलाई स्वागत छ , नारायणी दैनिकमा ।
उत्तर: धन्यवाद ।

प्रश्न : सर्बप्रथम तपाईको कम्पनि एस.डि टेक कम्पनि(SD Tech Company) को बारेमा केहि जानकारी गरिदिनुस न ।
उत्तर: एस डि टेक कम्पनी(SD Tech Company) एक टेक स्टार्टअप कम्पनि हो जुन अहिले डिजिटल मार्केटिंङ्ग र वेब डिजाइन सम्बन्धि काममा आबद्द छ । हरेक व्यवसायलाई डिजिटल प्लेटफर्ममा सिफ्ट गराउने र डिजिटल रूपमा मार्केटिंङ्ग गरि परम्परागत विज्ञापनमा हुने खर्च घटाउने र व्यवसायको सेवा र प्रोडक्ट धेरै भन्दा धेरै ग्राहक सम्म पुर्याई आम्दानी बढाउन सहयोग गर्ने उद्देश्यले खोलिएको कम्पनि हो ।

प्रश्न : डिजिटल मार्केटिंङ्ग भनेको के हो?
उत्तर: सरल भाषामा भन्नु पर्दा डिजिटल प्लेटफर्मबाट गरिने मार्केटिंङ्ग नै डिजिटल मार्केटिंङ्ग हो। कुनै पनि व्यापार/व्यवसायको सेवा/प्रोडक्टको मार्केटिंङ्ग गर्न वा लक्षित ग्राहक सम्म पुर्याउन इन्टरनेट, डिजिटल डिभाईस र डिजिटल प्लेटफर्म प्रयोग गरिन्छ भने त्यो नै डिजिटल मार्केटिंङ्ग हो। यसमा सोसल मिडिया मार्केटिंङ्ग(SMM), सर्च इन्जिन अपटिमाइजेसन(SEO), इमेल मार्केटिंङ्ग, विडियो मार्केटिंङ्ग ,वेब डिजाइन, सर्च इन्जिन मार्केटिंङ्ग(SEM) आदि पर्दछन । यसलाई अनलाइन मार्केटिंङ्ग/इन्टरनेट मार्केटिंङ्ग पनि भनिन्छ | तर डिजिटल मार्केटिंङ्गको कार्य बेच्नु वा मार्केटिंङ्ग मात्र गर्नु हैन , यसको अर्को उद्देश्य, आफ्नो ग्राहक सम्म लामो समयसम्म जोडिनु पनि हो।

प्रश्न : आजकल नेपालमा पनि डिजिटल मार्केटिंङ्गको ट्रेण्ड बढ्दै गएको छ। तर किन कुनै व्यापार/व्यवसाय डिजिटल प्लेटफर्ममा मार्केटिंङ्ग गर्ने?
उत्तर: बिगत केहि वर्ष देखि नेपालमा पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेखनिय बिद्धि भएको छ। आजको दिन लगभग हरेक युवाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका हुन्छन, त्यस्तै अन्य उमेर समुहका मानिसहरु पनि मनोरञ्जनको लागि वा अन्य कामको लागि इन्टरनेट र अन्लाईन प्लेटफर्मको प्रयोग गर्नु हुन्छ। र यो हाम्रो लागि एकदम राम्रो अवसर हो । जसको हामीले उपयोग गरि लक्षित ग्राहक सम्म पुग्न सकिन्छ।

दोस्रो कुरा हामीले आफ्नो ब्यापारको धेरै सामाजिक संजाल तथा वेबसाइटहरुमा निशुल्क लिस्टिंग/एकाउन्ट बनाउन सकिन्छ , जसको मध्यमबाट हामीले आफ्नो आफ्नो लक्षित ग्राहक सम्म बस्तु/ सेवा पुर्याउन सकिन्छ त्यस्तै लामो समयसम्म आफ्नो ग्राहक सम्म जोडिन्न सकिन्छ।

यस्तै डिजिटल मार्केटिंङ्ग सस्तो पनि छ। करिब रु १२० वा त्यो भन्दा कममा हरेक दिन बिज्ञापन चलाउन सकिन्छ।

प्रश्न : व्यवसायीहरुलाई डिजिटल मार्केटिंङ्ग सम्बन्धि के सल्लाह दिनु हुन्छ?
उत्तर: यदि सक्नु हुन्छ , जान्नु हुन्छ भने आफ्नो व्यवसायको लागि आफै डिजिटल मार्केटिंगको काम गर्नुहोस्। यदि सक्नु हुन्न भने कम्तिमा एकजना डिजिटल मार्केटर स्टाफ राख्नु होस्। यदि स्टाफ राखी मासिक तलब दिन सक्नु हुन्न भने, कुनै विश्वासिलो र दक्ष कम्पनि वा फ्रीलेनसरलाई हायर गर्नु होस्।

अथवा एस.डि टेक कम्पनिलाई पनि सम्पर्क गर्न सक्नु हुन्छ।
तर कुनै कम्पनिलाई डिजिटल मार्केटिंगको काम दिनु अगि उनीहरुको पोर्टफोलियो चेक गर्नु एकदम जरुरि छ |

प्रश्न : अहिले देशभर डिजिटल मार्केटिंङ्ग कम्पनि थुप्रै खुलेका छन्, अनि व्यवसायीहरु किन एस.डि टेक कम्पनी नै किन रोज्ने?
उत्तर: मैले अघि पनि भनि सके हामीलाई नै रोज्न पर्छ भन्ने छैन , यदि कुनै कम्पनि वा व्यक्ति हामी भन्दा पनि दक्ष हुनुहुन्छ भने उहाहरुसंग नि काम गर्दा हुन्छ |

तर सायदै बिश्वभर कुनै यस्तो कम्पनि होलान जसले सस्तो मूल्यमा उच्च स्तरीय सेवा छिटो भन्दा छिटो समयमा प्रदान गरोस। त्यो कम्पनि मध्ये एस.डी टेक कम्पनि एक हो |

प्रश्न : यो क्षेत्रमा काम गर्दै गर्दा केके समस्या परेको छ ?
उत्तर: सुरु सुरुमा आफुसंग त्यति ब्यापार सम्बन्धि ज्ञान नभएको हुनाले सुरुमै दर्ता गर्न,कर सम्बन्धि, त्यस्तै ग्राहकसंग कुरा गर्न समस्या थियो , तर बिस्तारै आफुले विभन्न मानिसहरुसंग कुराकानी गर्दै गर्दा र किताब पढेर धेरै कुरा सिके र अहिले त्यस्तो केहि समस्या छैन | भी ग्रुप नेपालले पनि अहिले मेरो ब्यबसायलाई प्रबर्दन गर्न सहयोग गरेको छ।

त्यस्तै नेपाल मा अन्तर्राष्ट्रिय पेमेन्ट सिस्टम नहुदा धेरै कुरामा समस्या पर्छ | झन् बेला बेलामा इन्टरनेट स्लो हुदा काम गर्न पनि गार्हो हुन्छ |

प्रश्न : यदि कोहि डिजिटल मार्केटिंङ्गको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनु हुन्छ भने के सल्लाह दिनु हुन्छ?
उत्तर: क्रिएटिभ हुनुहुन्छ र लगनसिल भएर काम गर्न सक्नु हुन्छ भने , आउनु होस् , राम्रो छ यो फिल्ड। अवसरहरु थपिदै छन् र यो क्षेत्र अझ विस्तार हुदै छ । तर तथ्यको बिना कुनै ब्लग पढेर वा कुनै युट्युबरले भनेको आधारमा यो फिल्डमा कुनै सर्टकट नलिनु होस। आधारभूत तहबाटै सिक्नु होस् , हरेक दिन केहि न केहि सिकिराख्नु होस्। अपडेटेड रहनुहोस्।

प्रश्न : भविष्यको योजनाहरु केके बनाउनु भएको छ ?
उत्तर: हाम्रो यस कम्पनि विस्तार गरि व्यापार/व्यवसायको लागि चाहिने सम्पूर्ण मार्केटिंङ्ग र आइटी सोलुशन प्रदान गरि अहिलेको समयमा जुन धेरै आइटी सम्बन्धि सेवा र प्रोडक्टको लागि बिदेशी कम्पनिसंग निर्भर हुन पर्ने अवस्था छ, त्यो कम गर्ने लक्ष्य राखेका छौ |

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.