• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

त्रिनगर मा.विले तीनजना राउटे विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउने



  •   शनिबार, कार्तिक ०१, २०७७
  • A
  • A+
  • A++

धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयले राउटे जातिका तीन जनाका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउने भएको छ । डडेल्धुरा जिल्लाको पर्शुराम न.पा.को आमपानीका देबु राउटे, कलावती राउटे र पार्वती राउटेलाई छात्रवृत्तिमा अध्यापन गराउने भएको हो । देबु राउटे कानुन र बाँकी २ जनाले शिक्षा संकायमा भर्ना भएका छन् ।

प्रत्येक विद्यार्थीबाट रु १ हजार मात्र लिएर बाँकी सबै शुल्क छुट गरि कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने त्रिनगर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भूपाल सिंह खड्काले जानकारी गराएका छन् । आर्थिक अवस्था कमजोर भएकाले तीनै जना विद्यार्थीलाई धनगढीबाट घर जान गाडी भाडा पनि नभएकाले सहयोग स्वरुप विद्यालयका प्रअ खड्काले जनही १-१ हजारका दरले ३ हजार रकम प्रदान गरेका छन् । यसै गरि कक्षा ११-१२ तर्फका ईन्चार्ज गोविन्दराज उपाध्यायले छात्रवृत्ति स्वरुप तीनै जनालाई जनही १-१ हजारका दरले ३ हजार रकम प्रदान गरेका छन् ।

नव आगन्तुक विद्यार्थी देबु मोडलिङका साथै गायन क्षेत्रमा पनि संघर्षरत छिन् । उनले एउटा गीतमा मोडलिङ गर्नुका साथै अर्को एक गीतमा स्वर दिइसकेकी छिन् । कक्षा १ देखि १० सम्म भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत कुनै पनि शुल्क नलिई पूर्ण निःशुल्क पढाउने त्रिनगर मा.वि. सम्भवत: नेपालको एक मात्र सामुदायीक विद्यालय हो । कक्षा ११/१२ मा पनि मासिक शुल्क रु ३ सय रहेको यस विद्यालयले भर्ना शुल्क लिने गरेको छैन भने वार्षिक शुल्क स्वरुप कक्षा ११ को रु २ हजार र कक्षा १२ को रु १ हजार रहेको कुरा विद्यालयका शिक्षक प्रतिनिधी नेत्र खडायतले जानकारी गराएका छन् । आर्थिक र सामाजिक रुपले पछाडी परेका यस्ता लोपन्मुख जातिका विद्यार्थीहरुको थप छात्रवृत्तिका लागि धनगढी उपमहानगरका नगर प्रमुखसँग पनि समन्व्य गरिने धनगढी उपमहानगरपालिकाको शिक्षा समितीका सदस्य समेत रहेका प्रअ खड्काले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.