नाति शहिद
तिमिले
मालिकहरुका विरुद्द
निरँकुश शासकहरुका विरुद्द
लड्नुपर्छ भनेर
ठोक्नुपर्छ भनेर
राणा विरुद्धको क्रान्तिमा
दाजु पठाइदिनु भाउजु भनेउ
मैले पठाएँ ।
लेखक : रुद्र पौडेल
राजा विरुद्धको क्रान्तिमा
प्रजातन्त्र र गणतन्त्र ल्याउनि हो भनेर
छोरो पठाइदिनु भाउजु भनेउ
मैले पठाएँ ।
अनि
व्यवस्था फेरियो।
तिमी शासक भएउ ।
अवस्था फेरिएन ।
खाडीबाट यसपाली दशैमा घर आएको
मेरो नातिले हजुरबुवा र बुवाको तस्वीर हेर्यो र भन्यो –
स्कुल नपढे नि मैले जीवन पढेँ ।
इतिहास पढेँ ।
क्रान्ती बुझेँ ।
हजुरआमा अब म क्रान्ति गर्छु ।
शासकहरुलाइ ठोक्छु ।
ए देशका शासकहरु हो ।
क्रान्तिमा बुवा गुमाएको
शहीद हजुरबुवा देख्न नपाएको
मेरो नातिलाइ पनि
शहीद बन्ने उधुम रहर जागेको छ रे ।
अब म तिमीहरुलाइ सोध्छु –
उसलाइ नाति शहिद बन्ने अनुमति दिउँ कि तिमिहरु सुध्रिन्छउ हँ ।