• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

लोकतान्त्रिक पद्धतिमार्फत् संसद् पुनःस्थापना गरियोस् : प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल


  •   सोमबार, पुष ०६, २०७७
  • A
  • A+
  • A++

संसद् विघटन लोकतन्त्रमाथिको कुठाराघात हो, लोकतान्त्रिक पद्धतिमार्फत् संसद् पुनःस्थापना गरियोस् भनि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले एक बिज्ञप्ति मार्फत अपिल गरेको छ।

लोकतान्त्रिक प्रक्रियामार्फत् २०७४ सालमा सम्पन्न संसदीय चुनावबाट निर्वाचित भएर बनेको सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने संसद्को विघटन अनायास र अप्रत्यासित रूपमा हुनु समग्र राष्ट्र एवं लोकतान्त्रितक मूल्य, मान्यता र पद्धतिमा विश्वास गर्ने सम्पूर्ण नेपालीका लागि अत्यन्त दूर्भाग्यपूर्ण विषय रहेको विद्यार्थी परिषद् द्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

जनताको अपेक्षा अनुसार कार्य गर्न नसक्नु दुई तिहाईयुक्त सरकारको आँफैमा कमजोरी र असक्षमता देखिएको छ । नेतृत्वको असक्षमताका बाबजुद संविधानको गलत व्याख्या र प्रयोग गर्दै सम्माननीय प्रधानमन्त्रीद्वारा संसद् विघटनको प्रस्ताव पेश गरिनु र उक्त प्रस्तावलाई स्वीकृति गर्ने सम्माननीय राष्ट्रपतिको यो असंसदीय, अलोकतान्त्रिक, गैरजिम्मेवार, जनभावनाविपरित र निरंकुशता उन्मुख कार्यको प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल घोर भत्र्सना गर्दछ ।

सबैभन्दा उत्कृष्ट पद्धति भनेको नै लोकतान्त्रिक पद्धति र व्यवस्था हो भन्ने मा विद्यार्थी परिषद् विश्वास राख्दछ । जसले समग्र जनताको मर्म र भावनालाई समेट्दै राष्ट्रको समृद्धिका लागि कार्य गर्ने गर्दछ । उक्त लोकन्त्रान्त्रिक पद्धतिलाई कमजोर र धरासायी बनाउनका लागि गरिएको संसद् विघटनको प्रक्रियालाई सच्याई पुनः लोकतान्त्रिक पद्धति एवं मूल्य मान्यताबाट संसद्को पुनःस्थापनाका लागि यथाशीघ्र कार्य गर्नुहुन र आफ्नो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नका लागि सम्बन्धित सम्पूर्ण निकायलाई विद्यार्थी परिषद्ले सोहि बिज्ञप्ति मार्फत आह्वान गरेको छ ।

बिज्ञप्ति विद्यार्थी परिषद्प्राका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतम राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले संयुक्त रुपमा जारी गर्नु भएको हो ।

Press Release

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.