• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘सरसफाईमा राज्यको उदासिनता र कर्तव्य भुलेको नागरिक’ : जोन कंडेल


  •   आइतबार, पुष १२, २०७७
  • A
  • A+
  • A++

नगर सरसफाई गर्नु राज्यको दायित्व हो भने फोहोर नगर्नु नागरिक कर्तव्य हो। तर दुबै नहुँदा जताततै फोहोर मात्र देखिन्छ ।

एकातिर सबै नागरिकमा चेतना छैन भने कति थाहा पाएर पनि अभ्यस्त छैनन । अर्कोतिर राज्य निरीह छ । नीति नियम त बनेका छ्न तर प्रभावकारी कार्यान्वयन हुन र गराउन नसकेको अवस्था छ । नागरिकबाट सरसफाईको चेतना जगाउने अभियान निरन्तर संचालन हुँदै आएका छ्न तर प्रभाबकारि हुन सकेको देखिदैन ? चेतना जगाउने मात्र होईन आफैं सफा गर्दै हिँडेका पनि छ्न तर पनि त्यही सफा गर्ने दिन मात्र सफा हुन्छ भोलिपल्ट फेरि उस्तै ।

अब फोहोर गर्नु हुँदैन भन्ने चेतना नभएका कमै छ्न होला तर चेतना भएर पनि राज्यले ब्यबस्थापनको बिकल्प नदिँदा सहर दुर्गन्धित बन्दै गएका छन ।

फोहोर उत्पादन त हुन्छ नै तर फोहोर जथाभावी नगर्न र फोहोर ब्यबस्थापन गर्ने बिकल्प आवश्यक हुन्छ। नागरिकले चेतना जगाउन सक्छ तर ब्यबस्थापन कै बिकल्प दिन सक्दैन । राज्यका सम्बन्धित संयन्त्रले काम गर्न नसक्दा फोहोरको उचित ब्यबस्थापन हुनसकेको छैन ।
मलाई पाकिस्तानका प्रधानमन्त्रीको एउटा भनाई याद आउँछ नागरिक बिस्वका सबै एकै हुन युरोप अमेरिकमा राज्यको सिस्टम छ नागरिक सिस्टमको फ्लो गर्छन सिस्टम फ्लो नगरे फाईन हुन्छ । हामी कहाँ न सिस्टमको फ्लो हुन्छ न ब्रेक गरे बापत फाईन नै ।

हो नीति नियम बनेर त्यसको कार्यन्वयन हुने र नीति नियम नमाने दण्ड जरिवाना हुने हो भने असंभव छैन । जस्तो नेपाल भित्रै पनि प्राईभेट संस्थान सार्बजनिक संस्थान भन्दा बढी ब्यबस्थित हुन्छ्न ।

अर्को एउटा उदाहरण छ बर्दिया रास्ट्रीय निकुन्ज अन्तर्गतको राजमार्ग त्यहाँ सेनाको नियम छ। नियम पुर्ण कार्यान्वयन हुन्छ जसको कारण यात्रु संयमित हुन्छ्न र झ्यालबाट थुक्न पनि हुँदैन भन्ने मनमा परेको छ । त्यो राजमार्ग खण्ड कहिल्यै फोहोर हुँदैन । यात्रु सबै एकै हौँ त्यहाँ सफा छ, फोहोर हुँदैन तर टिकौली जंगलको राजमार्गको दुबै साईड डम्पिङ्ग साईड जस्तो छ । एयरपोर्टको चारैतिर फोहोर यति हुन्छ के सोच्दाहुन बिदेशी पाहुना जस्तो लाग्छ । भरतपुर एयरपोर्टको ठिक गेट अगाडि दसकौं देखि यति फोहोर छ कि फोहोरले पनि यहाँ त फोहोर रैछ भन्छ होला जस्तो लाग्छ ।

हाम्रा सार्बजनिक संस्थानहरु अधिकांस फोहोरले दुर्गन्धित भएका हुन्छ्न। मलाई अझै याद छ स्नातकोत्तर अध्यापन हुने त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय बिभाग कृतिपुरमा पिसाब तालिएको सौचालयमा ईँटमा टेकेर मुत्र बिसर्जन गरेको । त्यो चेतनाको अभावले हो र ? त्यो त लाचार ब्यबस्थापनले हो ।

यदि संस्थानमा सरसफाई कर्मचारी छ्न भने तिनिहरुलाई उनिहरुको नियमित काममा लगाउनु पर्छ। छैनन भने आवश्यक कर्मचारी नियुक्ती गर्नुपर्छ। नागरिक सरसफाइ अभियान चेतनाको बिकासको लागि हो नियमित कार्य सम्पादन को लागि होईन।

जुनसुकै अभियानको उद्देश्य सिस्टम बसाल्न अभिप्रेरित गर्नु हो। कुनैपनि सार्बजनिक संस्थानमा कुनैपनि कुराको सिस्टम ब्यबस्थित र प्रभावकारी बनाउन संस्थानको ब्यबस्थापन पक्ष हेर्नू आवश्यक छ । चेतना मुलक सरसफाइ अभियान चलाईरहँदा संस्थान किन फोहोर भयो? किन सरसफाई हुन सकेन ? त्यसको कारण जान्नु आवश्यक छ । प्राईभेट संस्थानमा भन्दा सार्बजनिक संस्थानमा जनशक्ति बढी हुँदापनि सरसफाइ ब्यबस्थापन प्रभाबकारी किन हुन सकेन त्यो कारण पत्ता लगाए मात्र सरसफाई चेतना अभियान प्रभाबकारी हुन सक्छ।

कतै कर्मचारी तलब खाएर घाम तापेर बस्ने र अभियान्ता निरन्तर उसको काम गरिरहने भएको त छैन ? बिचार गरौं । थिती बसाल्ने अभियानले बेथितीलाई मलजल भएको त छैन ? यो कुरा मनन गर्नु आवश्यक छ ।

जथाभावी फोहोर नगरौं । आफ्नो फोहोरको उचित ब्यबस्थापन गरौं ।

(लेखक युवा ब्यबसायी तथा समाजसेवी हुनु हुन्छ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.