• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

‘सरसफाईमा राज्यको उदासिनता र कर्तव्य भुलेको नागरिक’ : जोन कंडेल



  •   आइतबार, पुष १२, २०७७
  • A
  • A+
  • A++

नगर सरसफाई गर्नु राज्यको दायित्व हो भने फोहोर नगर्नु नागरिक कर्तव्य हो। तर दुबै नहुँदा जताततै फोहोर मात्र देखिन्छ ।

एकातिर सबै नागरिकमा चेतना छैन भने कति थाहा पाएर पनि अभ्यस्त छैनन । अर्कोतिर राज्य निरीह छ । नीति नियम त बनेका छ्न तर प्रभावकारी कार्यान्वयन हुन र गराउन नसकेको अवस्था छ । नागरिकबाट सरसफाईको चेतना जगाउने अभियान निरन्तर संचालन हुँदै आएका छ्न तर प्रभाबकारि हुन सकेको देखिदैन ? चेतना जगाउने मात्र होईन आफैं सफा गर्दै हिँडेका पनि छ्न तर पनि त्यही सफा गर्ने दिन मात्र सफा हुन्छ भोलिपल्ट फेरि उस्तै ।

अब फोहोर गर्नु हुँदैन भन्ने चेतना नभएका कमै छ्न होला तर चेतना भएर पनि राज्यले ब्यबस्थापनको बिकल्प नदिँदा सहर दुर्गन्धित बन्दै गएका छन ।

फोहोर उत्पादन त हुन्छ नै तर फोहोर जथाभावी नगर्न र फोहोर ब्यबस्थापन गर्ने बिकल्प आवश्यक हुन्छ। नागरिकले चेतना जगाउन सक्छ तर ब्यबस्थापन कै बिकल्प दिन सक्दैन । राज्यका सम्बन्धित संयन्त्रले काम गर्न नसक्दा फोहोरको उचित ब्यबस्थापन हुनसकेको छैन ।
मलाई पाकिस्तानका प्रधानमन्त्रीको एउटा भनाई याद आउँछ नागरिक बिस्वका सबै एकै हुन युरोप अमेरिकमा राज्यको सिस्टम छ नागरिक सिस्टमको फ्लो गर्छन सिस्टम फ्लो नगरे फाईन हुन्छ । हामी कहाँ न सिस्टमको फ्लो हुन्छ न ब्रेक गरे बापत फाईन नै ।

हो नीति नियम बनेर त्यसको कार्यन्वयन हुने र नीति नियम नमाने दण्ड जरिवाना हुने हो भने असंभव छैन । जस्तो नेपाल भित्रै पनि प्राईभेट संस्थान सार्बजनिक संस्थान भन्दा बढी ब्यबस्थित हुन्छ्न ।

अर्को एउटा उदाहरण छ बर्दिया रास्ट्रीय निकुन्ज अन्तर्गतको राजमार्ग त्यहाँ सेनाको नियम छ। नियम पुर्ण कार्यान्वयन हुन्छ जसको कारण यात्रु संयमित हुन्छ्न र झ्यालबाट थुक्न पनि हुँदैन भन्ने मनमा परेको छ । त्यो राजमार्ग खण्ड कहिल्यै फोहोर हुँदैन । यात्रु सबै एकै हौँ त्यहाँ सफा छ, फोहोर हुँदैन तर टिकौली जंगलको राजमार्गको दुबै साईड डम्पिङ्ग साईड जस्तो छ । एयरपोर्टको चारैतिर फोहोर यति हुन्छ के सोच्दाहुन बिदेशी पाहुना जस्तो लाग्छ । भरतपुर एयरपोर्टको ठिक गेट अगाडि दसकौं देखि यति फोहोर छ कि फोहोरले पनि यहाँ त फोहोर रैछ भन्छ होला जस्तो लाग्छ ।

हाम्रा सार्बजनिक संस्थानहरु अधिकांस फोहोरले दुर्गन्धित भएका हुन्छ्न। मलाई अझै याद छ स्नातकोत्तर अध्यापन हुने त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय बिभाग कृतिपुरमा पिसाब तालिएको सौचालयमा ईँटमा टेकेर मुत्र बिसर्जन गरेको । त्यो चेतनाको अभावले हो र ? त्यो त लाचार ब्यबस्थापनले हो ।

यदि संस्थानमा सरसफाई कर्मचारी छ्न भने तिनिहरुलाई उनिहरुको नियमित काममा लगाउनु पर्छ। छैनन भने आवश्यक कर्मचारी नियुक्ती गर्नुपर्छ। नागरिक सरसफाइ अभियान चेतनाको बिकासको लागि हो नियमित कार्य सम्पादन को लागि होईन।

जुनसुकै अभियानको उद्देश्य सिस्टम बसाल्न अभिप्रेरित गर्नु हो। कुनैपनि सार्बजनिक संस्थानमा कुनैपनि कुराको सिस्टम ब्यबस्थित र प्रभावकारी बनाउन संस्थानको ब्यबस्थापन पक्ष हेर्नू आवश्यक छ । चेतना मुलक सरसफाइ अभियान चलाईरहँदा संस्थान किन फोहोर भयो? किन सरसफाई हुन सकेन ? त्यसको कारण जान्नु आवश्यक छ । प्राईभेट संस्थानमा भन्दा सार्बजनिक संस्थानमा जनशक्ति बढी हुँदापनि सरसफाइ ब्यबस्थापन प्रभाबकारी किन हुन सकेन त्यो कारण पत्ता लगाए मात्र सरसफाई चेतना अभियान प्रभाबकारी हुन सक्छ।

कतै कर्मचारी तलब खाएर घाम तापेर बस्ने र अभियान्ता निरन्तर उसको काम गरिरहने भएको त छैन ? बिचार गरौं । थिती बसाल्ने अभियानले बेथितीलाई मलजल भएको त छैन ? यो कुरा मनन गर्नु आवश्यक छ ।

जथाभावी फोहोर नगरौं । आफ्नो फोहोरको उचित ब्यबस्थापन गरौं ।

(लेखक युवा ब्यबसायी तथा समाजसेवी हुनु हुन्छ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.