• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

चितवनमा चियाको ट्रेन्ड बसाल्दै फडिन्द्र



  •   बुधबार, पुष १५, २०७७
  • A
  • A+
  • A++

भरतपुर/ चितवन र चिया आज भोलि पर्यावाची जस्तै बन्दै आएको छ। भरतपुरमा कुनै साथी आए पनि सुरुमा चिया खुवाउन लैजाने ट्रेन्ड नै बनेको छ आज भोलि। चियादानीको स्थापना पछि चितवनमा चिया खाने ठाउंको स्वरुप नै परिबर्तन भएको देखिन्छ। र यसको श्रेय जान्छ चियादानी अनि फडिन्द्र न्यौपानेलाई।

एसीयुक्त , हल्का संगीत , साथी भाइको साथमा चिया पिउनु गजबको अनुभब रहेको महानगर युवा संजाल संयोजक सन्देश वाग्लेले सुनाउनु हुन्छ। चिया भने पछि दुध चिया र कालो चिया मात्र सुनिएको अहिले चियाको पनि मेनु बनेको देख्दा सबै दङ्ग छन्। चियाको पनि यति धेरै किसिम हुने रहेछ ,केहि नया गरौ भन्ने साथ चियादानीको सुरुवात गरेको संचालक न्यौपाने बताउनु हुन्छ।

२७ बर्षका न्यौपाने नेपालमा नै केहि गरौ भन्ने सोचमा चिया ब्यबसायमा लाग्नु भएको हो। चितवनमा चियादानी पछि चिया दरबार लगाएतका ३-४ वोटा चिया पसल खोल्ने तयारीमा रहेका छन्। न्यौपानेकै नेतृत्वमा जिल्ला समन्वय समितिको चोकमा चिया पोइन्ट पनि खुली सकेको छ।

चियादानीमा युवाहरुलाई लक्षित गरिएको छ भने चिया पोइन्टमा स्वास्थ्य कर्मी,पेसा कर्मीलाई लक्षित गरिएको न्यौपाने बताउनु हुन्छ। चिया पोइन्टमा अलग बातावरण छ। खुल्ला रमणीय बातावरणमा साथीभाईसंग चिया पिउनुको अनुभव नै अलग रहने डा बिज्ञान पौडेल बताउनु हुन्छ।

३-४ वर्ष चितवनको एक प्रठिस्थित होटेलमा आइटी शाखामा कार्यरत न्यौपाने , पछि मितेरी होटेलको ब्यबस्थापकको रुपमा काम गर्न सुरु गर्नु भयो। ब्यबसाय राम्रै चल्दै थियो कोरोना कहरले ब्यबसायमा धक्का हान्यो , सोहि क्रममा चियादानी पनि संचालनमा आयो। लक डाउन खुकुलो भएसंगै चियादानीको व्यापारले गति लिन लाग्यो। लकडाउन पूर्ण रुपमा खुलिसके पछि मितेरी पूर्ण रुपमा संचालनमा आउन लाग्यो। अब भने न्यौपानेले ब्यबस्थापक मात्र होइन संचालकको रुपमा समेत मितेरी भोजनालय सम्हाल्दै आउनु भएको छ।

देशमै केहि गरौ भन्ने युवालाई अवसर त छन् तर हरेक ठाउंमा अनावस्यक राजनीति हुनुले होटेल ब्यबसाय फस्टाउन नसकेको न्यौपाने अनुभव छ । सिप र आत्मबिस्वाससंगै भएमा नेपालमै गर्न सकिने न्यौपानेको अनुभव रहेको छ। सृजनशिल कार्य गर्ने युवाहरुलाई महानगरले प्रोत्साहन गर्ने नीति लिएको युवा संजाल संयोजक वाग्ले बताउनु हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.