रोशन ओझा, माडी, १६ पौष । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले माडी नगरपालिका ६, लक्ष्मीनिवास स्थित श्री मनमोहन बालग्राममा चेपाङ विद्यार्थीलाई न्यानो सिरक वितरण गरेको छ ।
कार्यक्रम संयोजक रोट चेतन थापाको नेतृत्वमा माडी नगरपालिका ६, लक्ष्मीनिवास स्थित श्री मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकालाई उक्त न्यानो सिरक वितरण गरिएको हो ।
थापाका अनुसार कुल ५० विद्यार्थी रहेको सो छात्रावासमा ९ थान सिरक वितरण तथा १ थान सिरक अति विपन्न चेपाङ परिवारलाई वितरण गरी कुल १० थान सिरक वितरण गरिएको हो ।
माडी नगरपालिकाको कार्यपालिका सदस्य श्री पूर्णकला सुनारको प्रमुख आथितयतामा भएको सो कार्यक्रममा श्री मनमोहन बालग्रामका व्यवस्थापक श्री टीकाराम आचार्य, व्यवस्थापन सदस्य श्री टेकनारायण पाठक, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटका अध्यक्ष्य रोट सन्दिप अधिकारी लगायत रोट्रयाक्ट क्लब अफ भरतपुर हाइटका विभिन्न डिरेक्टर तथा सदस्यहरु सहभागी थिए ।
देशमा न्यून जनसंख्या रहेको चेपाङ विद्यार्थीलाई सहयोगको मल्हम लगाउनु सबैको कर्त्तव्य भएको र रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले पनि विभिन्न समयमा सामाजिक कार्य गर्दैआएको कार्यक्रम संयोजक थापाले बताए ।