• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

छात्राहरुको आत्म सुरक्षा तालिमको एक कार्यक्रमका बीच समापन


  •   शनिबार, पुष २५, २०७७
  • A
  • A+
  • A++

रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा ७ दिने छात्राहरुको आत्म सुरक्षा तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ । शिव माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भोज राज दाहालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिका वडा नं २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने विशिष्ठ अतिथिको रुपमा सोही विद्यालयका सी.य. संघ अध्यक्ष सशिधर चापागाईं, विद्यालयका प्रधााध्यापक लिलाधर भुषाल रहनु भएको थियो ।

अतिथिको रुपमा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका सचिव सुरज ढकाल, राष्ट्रिय तेक्वान्दो संघ नवलपुर जिल्लाका वरिष्ठ उपाध्यक्ष कृष्ण मान श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो संघ नवलपुर जिल्लाका कोषाध्यक्ष तेजबहादुर कुँवर, रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेल रहनु भएको थियो रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा ७ दिने आत्म रक्षा तालिमका प्रशिक्षक तथा ब्ल्याक बेल्ट सुरज सापकोटाले ७ दिनमा भएको गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।

उक्त ७ दिने तालिममा सहभागी ४५ जना छात्रा विद्यार्थीहरूले सिकेको तालिमको छोटो डेमो पनि प्रस्तुत गरिएको थियो भने सबै सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो । छात्रा विद्यार्थीहरूले सुरुको दिन देखि अन्तिम दिनसम्म तालिमलाई राम्रोसँग सफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमका अतिथीहरुले अहिलेको समयमा भइरहेको लैंगिक हिंसाको सिकार महिला वर्गहरु भइरहेकोमा यस्तो प्रकारको तालिम सरकारी तवरबाट हुनु पर्नेमा यश प्रकारको तालिम रोटरी क्लब तथा रोट्रयाक्ट क्लवले सफतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो । आउने दिनहरुमा पनि यसरी नै समाज क्षेत्रमा उदारणिय कार्य गर्न हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको कुरा रोट्रयाक्ट क्लव अफ कावासोतीका मीडिया संयोजक धन राज थापा मगरले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.