नारायणगढ जेसीज वर्ष २०२१ को दोस्रो संचालक समिति बैठक मिती २०७७ माघ २५ गते आईतबारका दिन शाखा अध्यक्ष जेसी बासुदेव दवाडीको अध्यक्षतामा जेसीज सचिवालय,नारायणगढमा सम्पन्न भएको छ।
वार्षिक बजेट सहितको कार्य योजना अनुमोदन, नियुक्तिहरुको घोषणा, नविकरणको अनुमोदन सहित महत्वपुर्ण निर्णयहरु गरेको उक्त संचालक समिति बैठकले शाखाका पुर्व अध्यक्ष श्री विकासमान श्रेष्ठज्युलाई राष्ट्रिय अध्यक्षका सल्लाहकार मनोनित हुनु भएकामा हार्दिक बधाई ज्ञापन गरेको थियो।
प्रविधि मैत्री तवरबाट संचालित उक्त बैठकमा संचालक समिति सदस्य,संयोजक र साधारण सदस्यहरु सहित उक्त बैठकमा प्रमुख अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष सिनेटर बाबुराम रामदाम,अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष जेसी अर्जुन अधिकारी एंव सदस्यता अभिवृद्धि समितिका प्रमुख तथा पुर्व अध्यक्ष सिनेटर विष्णु लम्सालको पनि गरिमामय सहभागिता रहेको थियो।
कार्यकारिणी उपाध्यक्ष जेसी राजेश ढकालले स्वागत मन्तव्य राख्नु भएको तथा उपाध्यक्ष जेसी आमीन प्रधानले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त बैठकले भावी कार्यक्रमहरुका लागी जिम्मेवारी बाँडफाड पनि गरेको थियो भने जनवरी महिनाका लागी सहसचिव जेसी विनोद पन्तलाई उत्कृष्ट जेसीज सदस्यका रुपमा सम्मान प्रकट गरेको छ।