नारायणगढ जेसीज तथा छिमेकी शाखाहरुको सहभागीतामा आज जेसीजका अन्तराष्ट्रिय उपाध्यक्ष कभिन कुमार कुमाराभेलको स्वागत कार्यक्रम नारायणगढ जेसीजको सचिवालयमा सफलतापुर्व सु सम्पन्न भएको छ।
जेसीआई नारायणगढका अध्यक्ष जेसी बासुदेव दवाडीको सभापतित्व एंव नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षद्वय जेसी सुमन कृष्ण श्रेष्ठ र जेसी शिव प्रसाद भुषाल,
राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धर, उपाध्यक्षत्रय जेसी प्रमिशा काफ्ले,जेसी अनोज जोशी तथा जेसी गौतम शाह तथा विभिन्न शाखा अध्यक्षज्युहरुको गरिमामय समुपस्थिती रहेको थियो।
सो अवसरमा अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कुमराभेलले जेसीज परिवारको एकता सुदृढीकरणको आवश्यकता एंव जेसीआईका अन्तराष्ट्रिय गतिविधीहरुमाथी प्रकाश पार्नु भएको थियो।