चितवन।
भरतपुर-१०, चितवन स्थित “त्रिवेणी ड्राइभिङ्ग सेन्टर” र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा त्रिवेणी ड्राइभिङ्ग द्वारा प्रत्येक हप्ताको शनिबार आयोजित हुने “त्रिवेणी निशुल्क शनिबार” कक्षा समापन भएको छ।
लगभग २ धण्टा ३० मिनेट समय अबधि रहेको सो कक्षामा ट्राफिक नियम,दुर्घटनाको किसिम,दुर्घटना न्यूनीकरण तथा लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा(ट्रायल)को सम्बन्धमा ट्राफिक प्रहरी बिकल भट्टराई तथा नवराज सापकोटाले सबैमा चेतना प्रदान गर्नुभएको थियो ।
यस्तै सवारी साधना चलाउनु अघि चालकले सवारी साधनमा मोबिलको मात्रा, पानीको मात्रा, ब्रेकको अबस्थामा,चक्काको अबस्था,आदि जस्ता बिभिन्न कुराहरु ठिक रहे-नरहेको सुनिश्चित गरि सवारिसाधन चलाउनु पर्दछ तर धेरैले यसको चेकजाँच नै नगरि सवारि चलाउँदा बाटोमा अफ्ट्यारो पर्ने गर्दछन् ।
हाम्रो दायित्व गाडि चलाउन सिकाउनु मात्र होइन सवारी चलाउदा चालकमा आउने सम्पूर्ण चुनौतीका बारेमा सबैलाई बुझाउनु हाम्रो कर्तव्य रहेको छ ।त्यसैले पनि हामिले सो कक्षालाई निशुल्क रूपमा राखेको सह-सञ्चालक राज पौडेलले बताउनुभयो।
सो कक्षामा आउन जान बिहान ७:३० बजे गौंडाकोट र बिरेन्द्र क्याम्पस चोक(सि.जि ल्यान्डमार्क) बाट निशुल्क यातायातको ब्यबस्था पनि गरेको पौडेल ले जानकारी दिनु भयो।
यस्का साथै प्रत्यक्ष रुपमा सिकारू बिध्यार्थीलाई ट्राफिक प्रहरीले ज्ञान दिँदा लाइसेन्सको प्रयोगात्मक परीक्ष(ट्रायल)दिने क्रममा रहेका बिध्यार्थी भाईबहिनीहरुमा हौसला प्रदान हुने अपेक्षा राखेको उहाँले बताउनुभयो।
प्राप्त जानकारीका अनुसार त्रिवेणी ड्राइभिङ्गले सो कक्षा निशुल्क तबरले भरतपुर-०४,चितवन,यज्ञपुरिचोक स्थिति आफ्नै ट्रायल सेन्टरमा सञ्चालन गर्दै आएको छ । सो कक्षामा ६०\७० जना प्रशिक्षार्थीले प्रत्यक्ष रुपमा लाभ लिएका थिए ।