नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको ब्यबसायिक भेला सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको सहकार्यमा भरतपुर एरिया औषधि ब्यबसायीमा विभिन्न समस्याहरुको बारेमा छलफल गरिएको थियो।
उक्त कार्यक्रममा जिल्ला शाखा अध्यक्ष ईश्वर राज भण्डारी,बाग्मति प्रदेश उपाध्यक्ष शिव प्रसाद पण्डित,लगाएत अन्य ब्यबसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ब्यबसायीहरुले भोगेका समस्याहरु बारेमा चर्चा गरिएको र कसरी अघि बढ्न सकिन्छ भन्नेमा सबैको सकारात्मक सुझाब आएका थिए। कार्यक्रममा स्वागत मन्तब्य संयोजक बिनोद पन्तले राख्नु भएको थियो।