रोशन ओझा, कोरोना कहरका कारण लामो समय देखि को बन्दा बन्दि ले दैनिक जिबन यापन अबरुद्द भएका माडी न.पा. भित्रका १० परिवार लाई आज युवा संघ नेपाल माडीको सक्रियता मा राहात वितरण गरिएको छ |
युवा संघ नेपाल माडी संयोजक क. गोबिन्द भण्डारी ले संयोजन गर्नु भएको सो कार्यक्रम मा नेकपा एमाले प्रदेश कमिटि सदस्य क. नारदमणि पौडेल, पार्टी जि.क.सदस्य क. केवल भुजेल लगायत युवा संघ चितवन जि.क.सदस्य क. आयुष शर्मा, क. सन्दीप अधिकारी, क. मदन अधिकारि तथा क. अमृत ओझा क. तारानाथ लामिछाने, क. थानेश्वर अधिकारी सहित सम्बन्धित वडा अध्यक्ष हरु क्रमश शिब हरि सुबेदी, कृष्ण राज अधिकारी, बाल किष्ण सापकाेटा, भारत ब. गुरुङ का साथ् समाज सेवी ऋषि कुँवर उपस्थित हुनु भएको थियो।
यस अवसर मा युवा संघ माडी संयोजक भण्डारीले माडी बासीको जीवन रक्षाको लागि युवा संघ मलम पट्टी बनेर जुन कुनै किसिम को राहात लिएर उपस्थित हुने र अाउने दिनमा रहेका वाड हरु मा पनि राहत कार्यक्रम लैजाने बताउनु भयाे।