• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

चितवन खबर पत्रिकाले मनायो १० औँ बार्षिकोत्सव



  •   बिहिबार, जेठ २०, २०७८
  • A
  • A+
  • A++

चितवन । छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

गौरवमय दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो ।

सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले विगत एकदशकदेखि चितवनको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । आगामी दिनमा चितवनलाई आधार क्षेत्र बनाएर सामाजिक उत्तरदायित्वका साथै आवाज विहिनको आवाजको रुपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसुचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसंगतीलाई चिर्दै समाजको ऐनाको रुपमा भूमिका निर्वाह गरेर अघि बढनुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिस्कृत र परिमाजर्न गर्दै लैजाने बताउनुभयो । सम्पादक पन्तले हालसम्म पत्रिका प्रकाशनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबैको मार्ग निर्देशनबाट नै अघि बढ्दै जाने बताउनुभयो ।

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जस्तो सुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो । पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गर्नुभयो । त्यस्तै, पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी) ले पत्रिका एघारौँ वसन्तमा प्रवेश गर्दै गर्दा पत्रकारितामा थप परिपक्व र अझै बढी जिम्मेवार भएको बताउनुभयो । त्यसलाई पत्रकारिता मार्फत पत्रिकाले आगामी दिनहरूमा प्रमाणित गर्दै जाँने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा सचिव महेन्द्र बहादुर कार्की, धनगढा एकीकृत विकास समितिका निवर्तमान अध्यक्ष लेखराज पन्त “हरि”, लक्की मिडिया हाउस चितवनका निर्देशक, युवा उधमी एवम् समाजसेवी हेमन्त केसी ‘हरि’, ई. भोजराज कौडेल, नेपाली काग्रेस पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ केन्द्रीय सदस्य चित्र बहादुर भण्डारी, दिनेश श्रेष्ठ “पासा” , कृण्ण कार्की, राजेश शर्मा आचार्य लगाएत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिकाले गत वर्षदेखि आफ्नो अनलाईन संस्करण मार्फत पनि सूचना , समाचार सम्प्रेषण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.