• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

भरतपुरको ग्राफिक मार्ग प्रा.लि. बन्यो कम्पनी रजिष्टार कार्यालयको आधिकारिक सेवा केन्द्र



  •   बुधबार, असार १६, २०७८
  • A
  • A+
  • A++

भि ग्रुप मीडिया नेटवर्क/
चितवन/भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.लाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान गरेको छ ।

सेवा केन्द्र स्थापनाको लागि धेरै संस्थाहरुले आवेदन पेस गरेकोमा ग्राफिक मार्ग प्रा.लि. लगायत २ वटा कम्पनीहरुको मात्र योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयले उक्त लाईसेन्स प्रदान गरेको छ । हाल सम्म गरेका कम्पनी सम्बन्धी कामहरु र सञ्चालकहरुको आवश्यक कानुनी कागजपत्रहरु सहित पेस गरेको निवेदनको आधारमा अवश्यक जाँचबुझ गरी योग्य संस्थालाई मात्र कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्रको अनुमती प्रदान गरेको हो । ग्राफिक मार्ग प्रा.लि. सहित अब कम्पनी रजिष्टार कार्यालयको नेपालभर जम्मा १९ वटा सेवा केन्द्र स्थापना भएका छन् ।

आफ्नो कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरुको आधारमा काम गर्दै आएकोमा ग्राफिक मार्ग प्रा.लि. कम्पनी रजिष्टारको कार्यालयमा गत २०७५ फागुन २७ गते दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको थियो । २ वर्षको अन्तरालमा हाल सम्म २४८ वटा नयाँ कम्पनी दर्ता र १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको ग्राफिक मार्ग प्रा.लि. ले आगामी आ.व. मा झण्डै २४० वटा नयाँ कम्पनी दर्ता २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो ।

हाल प्रदान गरेको सेवा केन्द्र ग्राफिक मार्ग प्रा.लि.को सहकार्यमा यो कोरोनाको माहामारी साम्य भए लगतै बागमती प्रदेश भित्रका सम्पूर्ण कम्पनी सञ्चालकहरुलाई समेट्ने गरी चितवनमा कम्पनी दर्ता, देखि खारेजी सम्मका कम्पनी सम्बन्धी जानकारी तथा लगानीकर्ता संरक्षण कोष सम्बन्धी जानकारी आम जनसमुसदायलाई सु–सुचित गराउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिने कम्पनी रजिष्ट्रार कार्यालका रजिष्ट्रार प्रदिपराज अधिकारीले बताउनुभयो । कम्पनी सम्बन्धी सेवालाई छिटो छरितो र भरपर्दो रुपमा प्रबाह गर्नको लागि, नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्न तथा कम्पनी सम्बन्धी पुराना कामहरु समेत गर्नको लागि चितवनको ग्राफिक मार्ग प्रा.लि.को योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयको सेवा केन्द्र सञ्चालनको लागि अनुमती दिएको समेत बताउनुभयो ।

कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि ग्राफिक मार्ग प्रा.लि. ले हाल सम्म गरेको कम्पनी सम्बन्धी काम र कानुनी कागजपत्रहरुको आधारमा विश्वास गरेर आधिकारिक सेवा केन्द्रको लाईसेन्स प्रदान गरेपछि आफुहरुमा झन धेरै जिम्मेवारी बढेको प्रबन्ध निर्देशक खड्काले बताउनुभयो । प्रबन्ध पत्रमा भएको उद्देश्यको आधारमा कम्पनी सम्बन्धी कामहरु गर्दै गर्दा पनि धेरै कम्पनी सञ्चालकहरुले विश्वास गरेर यति धेरै कम्पनीहरुलाई सेवा गर्ने अवसर मिलेको थियो भने झन अब कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि अनुमति प्रदान गरेपछि सेवाग्राहिको चाप दोब्बर हुनेछ र सोही अनुसार ब्यवस्थापनको तयारीमा रहेको साहयक ब्यवस्थापक लक्ष्मी पोख्ररेलले जानकारी गराउनुभयो ।
कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको ग्राफिक मार्ग प्रा.लि.ले विभिन्न किसिमका आकर्षक डिजाईन, साधा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण काम गर्दै आएकोमा यसै आ.व. देखि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा प्रेस (छापाखाना) समेत सञ्चालन गर्ने तयारीमा रहेको साहयक ब्यवस्थापक पोख्रेलले बताउनुभयो ।
चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको ग्राफिक मार्ग प्रा.लि.ले दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीमा समेत गरी ५ वटा सम्पर्क कार्यालयहरु सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएकोमा अब केहि समय पछि बुटवल र नेपालगञ्जमा समेत सम्पर्क कार्यालय स्थापना गरि सम्बन्धीत क्षेत्रका कम्पनी सञ्चालकहरुलाई सेवा दिने योजना समेत बनाएको छ ।

नेपालका जुनसकै क्षेत्रको कम्पनी दर्ता देखि खारेजी गर्ने सम्मका कामहरु गर्नको लागि आफु मात्र आधिकारीक सेवा केन्द्र भएको दाबि गर्दै प्रबन्ध निर्देशक खड्काले सम्पूर्ण कम्पनी सञ्चालहरुलाई एक पटक ग्राफिक मार्ग प्रा.लि. मार्फत सेवा लिन आह्वान गर्नुभएको छ । चितवनको एक मात्र सेवा केन्द्र हामी मात्र हौ भनेर फुर्ती छाट्नेहरुको अगाडी ग्राफिक मार्ग प्रा.लि. ले नेपालकै आधिकारिक सेवा केन्द्रको अनुमति प्राप्त गरेपछि गतिलो झापड परेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.