• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

आफैले अध्यादेश ल्याएको केहि घण्टामै देउवालाई ठुलो झड्का


  •   मङ्गलबार, भदौ ०१, २०७८
  • A
  • A+
  • A++

नेकपा एमाले फुटाउने उद्देश्यले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले नेपाली कांग्रेसमै पनि विभाजनको खतरा बढेको छ । प्रधानमन्त्री देउवा प्रति कांग्रेसभित्रै विमती छ । उनको विकल्प खोजीरहेका कांग्रेसका नेताहरुका लागि कांग्रेस विभाजन गर्न सजिलो हुने भएको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरे प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसका १३ जना सांसदले चाहे छुट्टै पार्टी दर्ता गर्न सक्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि कुनै दलको केन्द्रीय समिति वा संघीय संसदका संसदीय दलका कम्तीमा २० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन।

अहिले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ मा ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भइ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ भनिएको छ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ६३ सिट जितेको थियो। जसमध्ये दुई जना सांसद निलम्बित छन्। १३ सांसदले चाहे कांग्रेस पनि विभाजन हुन सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.