• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी दिन लागेको हो : बिजयराज शर्मा भुसाल



  •   आइतबार, असोज ०३, २०७८
  • A
  • A+
  • A++

चितवन । चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ/नगर अधिवेशन हुँदैछ ।

सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे । ‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु ।

कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख-दुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे । भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए ।

भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् ।

‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।

निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५ तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु ।

बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । भुसाल चितवनमा कांग्रेसको निष्ठावान् नेताको छबि बनाएका नेतामा पर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.