• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी दिन लागेको हो : बिजयराज शर्मा भुसाल



  •   आइतबार, असोज ०३, २०७८
  • A
  • A+
  • A++

चितवन । चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ/नगर अधिवेशन हुँदैछ ।

सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे । ‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु ।

कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख-दुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे । भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए ।

भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् ।

‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।

निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५ तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु ।

बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । भुसाल चितवनमा कांग्रेसको निष्ठावान् नेताको छबि बनाएका नेतामा पर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.