• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

भूपेन्द्र बडुवाल घटनाको नयाँ मोड यी ब्यक्ति भए पक्राउ (भिडियो हेर्नुहोस्)


  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रको हत्या आरोपमा उनको परिवारले १६ जनाविरुद्ध किटानी जाहेरी दिएको हो।

गत मंगलवार राति लम्कीचुहा नगरपालिका(१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका(१ स्थित सिद्धार्थ होटल नजिकै एक समूहले चक्कुले हानेर लखेटी लखेटी हत्या गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किटानी जाहेरी परेका १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका ‘योजनाकार’ चिसापानी बजारका नवीन रावलसहित ८ जना फरार रहेको प्रहरीले जनाएको छ।

‘हत्या आरोपी १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिइएको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले भने, ‘बाँकी फरार आरोपीको पनि खोजी भइरहेको जानकारी दिएका छन् ।उनले फरार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए। ‘खोजी कार्य जारी छ। नियन्त्रणमा रहेकाहरूमाथि अनुसन्धान भइरहेको छ’, उनले भने। भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका(३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा(१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका(१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई हिरासतमा राखिएको हो।

आपसी रिसइबीमा होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा भूपेन्द्रको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार रहेका नवीन रावल अपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ। उनीसहित ८ आरोपी फरार छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका आर्यनले भूपेन्द्रमाथि चक्कु हान्दा अन्य सात जनाले घटनामा सघाएको भेटिएको पत्रकार गोकुल जोशीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.