Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, माघ ०५, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

लोकप्रिय समाचार

  • १. ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • २. आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

  • ३. चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

  • ४. रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

  • ५. सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

  • ६. भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

  • ७. रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

  • ८. चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

खोजी-खोजी खानुहोस् कोदो : थाहापाउनुहोस् कोदोका चमत्कारिक फाईदा !



  •   बुधबार, मङि्सर २२, २०७८
  • A
  • A+
  • A++

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ ।मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन्, ‘यसलाई ढिँडोका रूपमा मात्र नभई म:म, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको औंल्याउँदै उनी स्वास्थ्यसम्बन्धी फाइदाका लागि यसको उपयोग हुनुपर्ने सुझाउँछन् ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्राय: सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् ।‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’युनिसेफ नेपालका पोषणविद् नवीन पौडेल भन्छन्,‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।’नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ ।

नेपालीको खाने चलनमा मुख्य घटक नै भात भएको र यसैमा अत्यधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्घिमा समेत यसले सघाइरहेको छ । दशैकाे पहिले तराई र पहाडमा आर्थिक रूपले विपन्न वर्गलाई स्वस्थ राख्ने मुख्य आधारमध्ये एउटा कोदोसमेत हुन सक्ने पौडेलको अनुमान छ ।धेरैजसो सहरी क्षेत्रका हुनेखानेहरूले‘थ्रिल’रमाइलो र फरक स्वादको लागि कोदो खाने गरेको जनाउँदै पौडेल भन्छन्, ‘हामी यसको फाइदा जानेरभन्दा पनि नजानेर परम्पराग बानीव्यहोरा आदिले खाइरहेका छौं ।’

हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोगगर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् । कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दु:खद स्थिति अाैंल्याउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्यूसी) का वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती भन्छन्,‘कोदोको नियमित सन्तुलित उपयोग मात्रै गर्न सके पनि हाम्रो मुलुकबाट कुपोषण हटाउन सकिन्छ ।’ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ ।अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । मल्टिग्रेन (बहुअन्न) पिठोमा कोदोमिसाएर थप स्वस्थकर र स्वादिलो रूपमा उपयोग गर्न सकिने जनाउँदै बस्तीले‘हर्लिक्स’जस्तो शक्तिवर्धक पेय पदार्थबनाउने‘डीएफटीक्यूसी’मा केही अनुसन्धान भइरहेको बताए ।खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ ।

कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।वस्तीका अनुसार, कोदो फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन (जस्तै : बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड) हुन्छन् । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । यसको उपयोगले कुपोषण हटाउन सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ ।मुलुकको खाद्यान्न बालीको चौथो महत्त्वपूर्ण बाली कोदो रहेको अाैल्याउँदै बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्य भन्छन्,‘कोदो खेतीमा मल, जल, विषादी आदिको खासै आवश्यकता नपर्ने हुनाले यो हाम्रो लागि अत्यन्त उच्च स्तरको अर्गानिक खाद्य पदार्थ हो ।’

मानिसलाई ज्ञात सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।हाम्रो मुलुकमा कोदोका दुई सयभन्दा बढी स्थानीय जात पाइन्छन् । यसको बीउ घरेलुस्तरमै करिब १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । मुलुकमा करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती हुन्छ ।वार्षिक रूपमा करिब ३ लाख १५ हजार मेट्रिक टन कोदोको उत्पादन हुन्छ । मुलुकमा कोदो बाली लगाउने कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्यपहाडी जिल्लामा पर्छ ।

क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ:इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ/विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।

कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलिगोसेकेराइड, लिपिड, एन्टिअक्सिडेन्टजस्तो फेनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फ्लेभोन्वाइड्स, लिग्नस र फाइटेस्टेरोलजस्ता थुप्रै महत्त्वपूर्ण पोषकतत्त्व पाइन्छन् ।कोदो मुटु रोगमा समेत अत्यन्त फाइदाजनक मानिन्छ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ ।

कोदोमा भएको पोटेसियमले‘वासोडिलेटर’अर्थात् सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम राख्न सहयोग गर्नुका साथै मुटु र रक्तनलीसम्बन्धी जोखिम कम गर्छ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ ।

यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ ।पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।

कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् ।आईआईएमआरको अनुसार, कोदोले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

ट्रेन्डिङ

सबै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

सकियो तीन दिने एग्रीटेक एक्स्पो ३१ हजार भन्दा बढीले गरे अवलोकन

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.