Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?



  •   शुक्रबार, फागुन १२, २०७९
  • A
  • A+
  • A++

असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ । मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन् । आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ । तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन् । मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ । ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ । तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ ।

यस लेखमा हामी तौल घटाउन ग्रिन टी पिउने तरिका र यसका फाइदाहरूबारे विस्तृतमा जानकारी दिँदै छौँ ।

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो त ?

ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ । ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ । यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ । ग्रिन टीमा पर्याप्त मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन तौल घटाउन र शरीरमा फ्याट बर्न गर्ने प्रक्रियालाई गति दिन धेरै फाइदाजनक हुन्छ । यसबाहेक ग्रिन टीमा कार्ब्स, फ्याट र चिनीको मात्रा शून्य हुने भएकाले यसको सेवनले तौल बढ्ने खतरा हुँदैन ।

तौल घटाउन यसरी पिउनु फाइदाजनक हुन्छ

– सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस् ।

– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस् ।

– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।

– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।

– यदि तपाईँ टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस् ।

– त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस् ।

– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ ।

– ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस् ।

तौल घटाउनको लागि ग्रिन टी कहिले पिउने ?

यद्यपि तपाईले जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ । यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ । बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईँको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ ।

ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ । तौल घटाउने क्रममा यसको अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस बाहेक यदि तपाई मधुमेह, रक्तचाप वा मुटुसँग सम्बन्धित रोगको शिकार हुनुहुन्छ भने डाक्टरको सल्लाह लिएर मात्रै ग्रिन टी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.