Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?



  •   शुक्रबार, फागुन १२, २०७९
  • A
  • A+
  • A++

असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ । मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन् । आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ । तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन् । मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ । ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ । तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ ।

यस लेखमा हामी तौल घटाउन ग्रिन टी पिउने तरिका र यसका फाइदाहरूबारे विस्तृतमा जानकारी दिँदै छौँ ।

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो त ?

ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ । ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ । यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ । ग्रिन टीमा पर्याप्त मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन तौल घटाउन र शरीरमा फ्याट बर्न गर्ने प्रक्रियालाई गति दिन धेरै फाइदाजनक हुन्छ । यसबाहेक ग्रिन टीमा कार्ब्स, फ्याट र चिनीको मात्रा शून्य हुने भएकाले यसको सेवनले तौल बढ्ने खतरा हुँदैन ।

तौल घटाउन यसरी पिउनु फाइदाजनक हुन्छ

– सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस् ।

– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस् ।

– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।

– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।

– यदि तपाईँ टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस् ।

– त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस् ।

– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ ।

– ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस् ।

तौल घटाउनको लागि ग्रिन टी कहिले पिउने ?

यद्यपि तपाईले जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ । यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ । बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईँको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ ।

ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ । तौल घटाउने क्रममा यसको अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस बाहेक यदि तपाई मधुमेह, रक्तचाप वा मुटुसँग सम्बन्धित रोगको शिकार हुनुहुन्छ भने डाक्टरको सल्लाह लिएर मात्रै ग्रिन टी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.