• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आफ्नै फुपूले गरिन भदैनीको ह’त्या, खाल्डोमा गाडेर प्रहरीलाई आफै खबर गरिन


  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

मोरङको रंगेली नगरपालिका–२ की २१ महिने निशा उराउको श’व खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका २८ गते फेला परिन्। प्रहरीका अनुसार खेल्दै जाने क्रममा अबोध नाबालिका फुपू संगीताको घरमा पुगेकी रहिछन्। घरमा आएकी नबालिका (भदैनी)को ह’त्या संगीता फुपू)ले गरेको प्रहरीको प्रारम्भिक अनु’सन्धानबाट खुलेको छ।

घरमा आएर रोएको र चकचक गरेको भन्दै थप्पडले हानेर संगीताले भदैनी (दाजुकी छोरी)को ह’त्या गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, ‘थप्पड हान्दा पिँढीबाट झरेर मृत्’यु भएपछि नाबालिकाको श’वलाई संगीताले जेब्रा झोलाभित्र हालेर बाकसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

इटहरीमा सडक निर्माणमा गएका पति ४६ वर्षीय सैनी उराउलाई बोलाएर श’व व्यवस्थापनका लागि सहयोग मागेको खुलेको छ। श्रेष्ठका अनुसार आफैंबाट मारिएकी भदैनीको शवलाई बाकसमा हालेर रातभर घरभित्रै राखेकी संगीताले भोलिपल्ट

पतिको सहयोगमा कोदालोले पैनीमा खाल्डो खनेर गाडिदिएको पत्ता लागेको हो। प्रहरीले उक्त कोदालोसमेत बरामद गरेको छ। निशाको श’व घरदेखि लगभग ६० मिटर टाढा पैनीमा पुरिएको अवस्थामा पाइएको थियो।

प्रहरीका अनुसार हत्यापछि भदैनीको श’व गाडेको स्थान सुरुमा उनै निशाले देखाएकी थिइन्। ‘सबैतिर खोजी गर्दा पनि नाबालिकालाई फेला पार्न नसकिएका बेला भर्खर खनिएको खाल्डो जस्तो छ

भनेर संगीताले श’व गाडेको ठाउँमा पुर्‍याइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उत्खनन गर्दा खाल्डोभित्र नाबालिकाको शव भेटियो।’ त्यसपछि संगीता प्रहरीको निगरानीमा परिन्। खाल्डोबाट शव बाहिर निकाल्दा नाबालिकाको देव्रे आँखामा चो’ट थियो।

संगीताले ह’त्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी श्रेष्ठले बताए। संगीता र उनका पनि सैनीलाई पक्राउ गरेर कर्तव्य ज्या’न मुद्दा चलाउन म्याद थप गरेर घट’नाको अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए। ‘छोरी हराएपछि खोजी गरिरहेका थियौँ। तर ह’त्या गरेर गाडेको अवस्थामा एक्कासि खाल्डोभित्र श’व भेटियो,’ निशाका बुवा चन्द्र उराउले भने, ‘छोरीको ह’त्या बहिनीले गरेको सुन्दा पत्याउनै कठिन भइरहेको छ।

यति नि’र्दयी बनेर उसले यस्तो जघन्य अ’पराध गर्छे होला भन्ने सोच्न पनि सकिएको थिएन।’ चन्द्रका अनुसार छरछिमेकी र आफन्त कोहीसँग कुनै रिसइबी थिएन। नाबालिकाको श’वको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा गरिएको थियो।अन्नपूर्ण पोस्टमा खबर छ

तेस्तै –उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् ।शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए । मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।

त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृत्यु भएको बताएका थिए । सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृत्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ ।

तिनीहरूले आफ्नी मृत आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आपराधिक सम्लग्नता (परिकल्पना) लाई इन्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.