२०७८ पुष १०
दाेभान कालिका नमुना टाेल विकास सँस्था र ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनमा भएकाे बृहत रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्यमा र नेपाल रेडक्रस साेसाईटि भरतपुर उप-शाखाकाे बिशिस्ट सदस्य एव समाजसेवि भक्ति गौतम र नेपाल रेडक्रस साेसाईटि भरतपुर
उप-शाखाका उपसभापति खेमराज बराल, ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी लगाएत बिभिन्न टाेल विकास सँस्थाका अध्यक्षहरु अतिथि रहेका थिए।
५२ जना रक्तदाताहरुले रक्तदान गर्नुभएकाे थियो भने, त्यसमा ४ महिला र ४८ पुरुष को सहभागी रहेको कार्यक्रमका सम्योजक राजेश श्रेष्ठले जानकारी गराउनु भयो ।