• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

नेपालमा पनि बन्दै छ येस्तो पुलहरु हेर्नुस काहा र कहिले बन्छ



  •   आइतबार, पुष ११, २०७८
  • A
  • A+
  • A++

बुटवल : मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ। आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले बुटवलका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श तीब्र पारेका छन्।

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल बनाउन अघिल्लो सरकारले प्रस्ताव गरेको थियो। तीमध्ये चार ठाउँमा पहिलो चरणमा पुल बन्नेछन्। चार ठाउँमध्ये पहिलो काम बुटवलबाट सुरु भएको हो।

चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन भइरहेको छ। पहिलो चरणमा सार्वजनिक गरिएको आर्किटेक डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले यहाँका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श गरेका छन्।

बुटवलको तिनाउसहित नेपालका विभिन्न १० स्थानमा ‘सिग्नेचर’ पुल निर्माणको सुरुआतको लागि विश्व बैंकले सहयोग गर्ने घोषणा केही वर्षअघि नै गरेको थियो। यद्यपि, पहिलो चरणमा बुटवलसहित विभिन्न चार ठाउँमा यसको काम अगाडि बढाइएको थियो। यी चार पुलका लागि विश्व बैंकले चार अर्ब लगानी गर्ने सुनिश्चितता गरेको थियो।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्दा राजमार्ग विस्तार, तराईका सदरमुकाम जोड्ने सडक विस्तार र तिनाउमा हरियाली क्षेत्र, फुटपाथसहित चार लेनको आकर्षक सिग्नेचर पुल बनाउने सोचका साथ विज्ञ तथा दातृ निकायसँग संकल्प शेयर गर्दै सहकार्यको आह्वान गरेका थिए। पछि त्यसलाई केपी ओली नेतृत्वको सरकारले निष्कर्षमा पुर्‍याएको हो। त्यतिबेला पौडेल नै अर्थमन्त्री थिए।

अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले आर्किटेक डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ।

यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ। उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका चार ठाउँमध्ये बुटवलबाटै पहिलो काम सुरु भएको र कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको जानकारी दिए।

ओली नेतृत्वको सरकारले २०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो। विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो।

राजनीतिक अस्थिरता र कोभिड महामारीलगायतले प्रभावित भएको यो परियोजना अहिले अगाडि बढाइएको छ। नेपालमा पुल प्रविधिको आधुनिकीकरणलाई पनि सहयोग पुग्ने गरी आकर्षक पुलहरु बनाउन गरिएको संकल्पलाई साकार पार्ने काममै केन्द्रित रहेको पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद पौडेलले बताए।

नेता पौडेलकै नेतृत्वमा पुल प्रविधिको आधुनिकीकरण र सडकमा सुरुङ मार्गको सोचलाई बुटवलमा साकार पार्ने कामले मूर्त रुप लिने भएको छ। तिनाउमा सिग्नेचर पुल बन्नेछ भने सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्नेछ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गमा रहेको तिनाउ नदीको हालको पुललाई विस्थापित गरेर जितगढी, त्यस आसपासमा रहेको सम्पदा संरक्षणका योजनालाई समेत प्रवर्द्धन गर्नेगरी पुलको डिजाइन गर्न सुझाव दिइएको र सोहीअनुरुप डिजाइन भइरहेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ।

बुटवलमा भएको भर्चुअल बैठकमा विश्व बैंकका प्रतिनिधि, परामर्शदाता, पुलको डिजाइन गरिरहेका दातृ निकायका इन्जिनियर, पूर्व अर्थमन्त्री पौडेल, उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर जयलाल मरासिनी, राजनीतिक दलका नेताहरु सहितको सहभागितामा डिजाइन प्रस्तुत गर्दै सुझाव लिइएको थियो।

सडक विभागका अनुसार तिनाउ नदी (बुटवल) नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), वाग्मती नदी (शङ्खमूल, काठमाडौं), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र वाग्मती नदी (सर्लाही-रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग ऋण सम्झौता भएको थियो। तर, पहिलो चरणमा बुटवलसहित चार ठाउँको मात्र आर्थिक स्रोत सुनिश्चित भएको छ।

यी चारै ठाउँमा सिग्नेचर पुल बनाउन डिजाइन अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ। विभागको वैदेशिक महाशाखाले करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गर्दै विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.