• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ६. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

सधैँ कप्तान हुन आएको पनि हाेइन, हुनुपर्छ भन्ने पनि छैन- क्रिकेटर ज्ञानेन्द्र मल्ल



  •   आइतबार, पुष २५, २०७८
  • A
  • A+
  • A++

नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताे प्रतिक्रिया दिएका हुन् ।

‘म सधैँलाई कप्तान हुन आएको पनि हाेइन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु,’ उनले भने । यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । उनीहरूसँगै क्रिकेटर कमल सिंह ऐरी र सोमपाल कामीलाई पिन सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झाेताबाट बाहिर राख्ने निर्णय गरेकाे थियाे ।

यस्तै, क्यानले कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । यससँगै क्यान र खेलाडीबीच विवाद चर्किएकाे थियाे । खेलाडीले राष्ट्रिय टोलीबाट नखेल्ने बताउँदै आएका थिए भने क्यान कारबाही फिर्ता नलिने मुडमा थियो । तर, गठबन्धन सरकारदेखि शीर्षस्तरमै विवाद पुग्न थालेपछि खेलाडी र क्यान एक कदम पछाडि फर्केर छलफल सुरू भएकाे थियाे । साेमबारकाे छलफलमा क्यान र खेलाडीबीच सहमति भएपछि विवाद अन्त्य भएकाे छ ।

ज्ञानेन्द्रलगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाहीसमेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएके छ ।

यससँगै विवादमा उत्रिएका खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका हुन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेका छन् भने सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल भएनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्ये २८ खेलाडी सामेल भए ।

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने पनि बताए । ‘विवाद समाप्त भएर हामी यही छौँ । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरूको असन्तुष्टि हाे ।’ मल्लले भने । ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए । ‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउन खाेजेकाे हाेइन । त्यो गर्ने भए हामी अरु पनि बाटो अपनाउथ्याैँ हाेला । जान्थ्यौै होला । खेल्दैन थियौै होला । तर, यत्रो बर्ष केही नहुँदा पनि खेलिरहेको छौँ भने अहिले एउटा सम्मानजनक स्थिति छ । सधैँ सम्बोधन हुनुपर्याे । भन्दा अरु अरु आरोप लगाउँदा दु:ख लाग्यो । यो आत्मासम्मानकाे कुराले मलाई अफ्ठयारो परेको थियो ।’

यस्तै, मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए । साथै, देशको लागि खेल्ने उदेश्य रहेको बताए । दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.