Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, माघ १८, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

लोकप्रिय समाचार

  • १. राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

  • २. बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

सधैँ कप्तान हुन आएको पनि हाेइन, हुनुपर्छ भन्ने पनि छैन- क्रिकेटर ज्ञानेन्द्र मल्ल



  •   आइतबार, पुष २५, २०७८
  • A
  • A+
  • A++

नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताे प्रतिक्रिया दिएका हुन् ।

‘म सधैँलाई कप्तान हुन आएको पनि हाेइन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु,’ उनले भने । यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । उनीहरूसँगै क्रिकेटर कमल सिंह ऐरी र सोमपाल कामीलाई पिन सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झाेताबाट बाहिर राख्ने निर्णय गरेकाे थियाे ।

यस्तै, क्यानले कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । यससँगै क्यान र खेलाडीबीच विवाद चर्किएकाे थियाे । खेलाडीले राष्ट्रिय टोलीबाट नखेल्ने बताउँदै आएका थिए भने क्यान कारबाही फिर्ता नलिने मुडमा थियो । तर, गठबन्धन सरकारदेखि शीर्षस्तरमै विवाद पुग्न थालेपछि खेलाडी र क्यान एक कदम पछाडि फर्केर छलफल सुरू भएकाे थियाे । साेमबारकाे छलफलमा क्यान र खेलाडीबीच सहमति भएपछि विवाद अन्त्य भएकाे छ ।

ज्ञानेन्द्रलगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाहीसमेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएके छ ।

यससँगै विवादमा उत्रिएका खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका हुन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेका छन् भने सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल भएनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्ये २८ खेलाडी सामेल भए ।

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने पनि बताए । ‘विवाद समाप्त भएर हामी यही छौँ । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरूको असन्तुष्टि हाे ।’ मल्लले भने । ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए । ‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउन खाेजेकाे हाेइन । त्यो गर्ने भए हामी अरु पनि बाटो अपनाउथ्याैँ हाेला । जान्थ्यौै होला । खेल्दैन थियौै होला । तर, यत्रो बर्ष केही नहुँदा पनि खेलिरहेको छौँ भने अहिले एउटा सम्मानजनक स्थिति छ । सधैँ सम्बोधन हुनुपर्याे । भन्दा अरु अरु आरोप लगाउँदा दु:ख लाग्यो । यो आत्मासम्मानकाे कुराले मलाई अफ्ठयारो परेको थियो ।’

यस्तै, मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए । साथै, देशको लागि खेल्ने उदेश्य रहेको बताए । दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

ट्रेन्डिङ

सबै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

सगरमाथा पुग्ने नयाँ र छोटो बाटो भेटियो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
त्रिविक्रम रेग्मी

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.