भरतपुर महानगरपालिकामा ‘उज्यालो शहर अभियान’ अन्तर्गतको स्मार्ट सडक बत्ती जडान कार्यको शुभारम्भ गरिएको छ । नेपाल बिद्युत प्राधिकरण र भरतपुर महानगरको साझेदारीमा स्मार्ट सडक बत्ती जडान अभियान सुरु गरिएको हो। भरतपुर महानगर प्रमुख रेणु दाहालले २० माघ मंगलबार कार्यक्रमको उद्धघाटन गर्दै कार्यको शुभारम्भ गर्नुभएको थियो ।
महानगर प्रमुख दाहालले भरतपुर २५ को शुक्रनगर साना किसान चोकमा स्मार्ट सडक बत्तीको पोल जडान गरी अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले मंगलपुर, शिबनगर, शुक्रनगर प्रचण्ड मार्गको २२.१३ किलोमिटर सडकमा ६ सय ५२ वटा स्मार्ट सडक बत्ती जडान गर्ने कार्यको शुभारम्भ गर्नुभएको थियो।
भरतपुर महानगरले महानगरभित्रका ८ वटा रुटलाई पहिलो प्राथमिक्तामा पारेर ७८.१ किलोमिटर सडकमा १ हजार ९ सय ३३ वटा सडक बत्ती जडान गर्ने भएको छ । ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाको लागतमा सेफ स्टील, सूर्योदय उर्जा र टपशन जेभी निर्माण कम्पनीले ठेक्का पाएको नेपाल बिद्युत प्राधिकरण राष्ट्यि सडक बित्त प्रर्वधन आयोजनाले जनाएको छ ।