• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

यूएई सँग नेपाल पराजित, विश्वकप खेल्ने सपना भएन पुरा


३ औँ ‌ओभरमा आउट हुनुअघि दीपेन्द्र र ज्ञानेन्द्रले पाचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । रजाले १५ औं ओभरमा पनि २ विकेट लिएका थिए ।


  •   मङ्गलबार, फागुन १०, २०७८
  • A
  • A+
  • A++

नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ ।ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए। माथिल्लोक्रममा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

यूएईको घातक बलिङसामु नेपाली ब्याट्सम्यानहरु कमजोर देखिए । अहमद रजाले ५ र जुनाइद सिद्धिकीले ३ विकेट लिए । रोहत मुस्ताफा र जहुर खानले पनि एक-एक विकेट हात पारे । सिद्धिकीले चार ओभरमा २६ रन खर्चिए । रजाले ४ ओभरमा १९ रन दिए ।

सिद्धिकीले पारीको पहिलो ओभरमै लगातार बलमा दुई विकेट लिएका थिए । लगातार दुई वाइड बलपछि उनले आसिफ र लोकेशलाई आउट गरेका थिए। सिद्धिकीले तेस्रो ओभरमा अर्का नेपाली ओपनर कुशललाई आउट गरेका थिए ।

दीपेन्द्र र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयाश गरेपनि रजाले लगातार बलमा उनिहरु दुवैलाई आउट गरेका थिए । १३ औँ ‌ओभरमा आउट हुनुअघि दीपेन्द्र र ज्ञानेन्द्रले पाचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । रजाले १५ औं ओभरमा पनि २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए। सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे। उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए । यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो ।

यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो । आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए । १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हावी बनेका थिए। सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए ।

अविनाश बोहरा र जितेन्द्र मुखियाले ३र३ विकेट हात पारे। नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन।

समूहगत चरणमा नेपालले तीनवटै खेल जितेको थियो भने यूएई अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

0

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.