• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार

  • १. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ३. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ४. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भरतपुरमा २८ सय टन क्षमताको शीत भण्डार साेमबार बाट सञ्चालनमा आउने

शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ ।

  •   आइतबार, फागुन २९, २०७८
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ ।

१४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । शितभण्डारको अण्डरग्राउण्डमा दूध तथा मासुजन्य फोरजनका सामान भण्डारण गर्न सकिनेछ ।

चितवन चनौली शीत भण्डार सहकारी संस्थाले पाँच तला भएको शीत भण्डार निर्माण गरेको हो । शीत भण्डारमा किसान र व्यापारीले आवश्यकता अनुसार कृषिजन्य उत्पादन भण्डारण गरेर राख्न पाउने सहकारीका अध्यक्ष सूर्यमणी पौडेलले बताए ।
‘कृषिजन्य उत्पादनले मूल्य नपाएर किसानले आफुले लगाएका उत्पादनहरु फाल्नुपर्ने अवस्था थियो’, उनी भन्छन्, ‘आफ्ना उत्पादनले बजार नपाएको अवस्थामा किसानले अब शीत भण्डारमा भण्डारण गरेर बेमौसममा बिक्री गर्न पाउने भएका छन् । किसानहरु लाभान्वित हुने छन् ।’

शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ ।

शीत भण्डारको संरचनामा स्टिलको प्रयोग गरिएको छ । आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुनेटेडको प्रयोग गरिएकाले यो शीत भण्डार देशकै नमुना शीत भण्डार भएको उनले दाबी गरे ।

दुईवटा लिफ्ट, फोरजनजन्य सामान भण्डारण गर्ने दुई सय टन क्षमताको दुईवटा कोल्ड रुम र मोज्याक टायललगायतका पूर्वाधार तयार गर्न अझै बाँकी रहेको पौडेलले बताए । यी पूर्वाधार तयार गर्न करिब दुई करोड लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको उनले जानकारी दिए ।
शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो । नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना शेयर सदस्य पुर्‍याइएको उनले बताए ।

शीत भण्डार निर्माण भएपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । बजार नपाएको अवस्थामा भण्डार गरेर राख्न शीत भण्डार निर्माण भएकाले कृषि गर्न उत्साहित भएको स्थानीय किसान मुना सुवेदीले बताइन् । ‘यहाँबाट नारायणगढसम्म लगेर बेच्दा पनि मूल्य नपाएर फाल्नुपरेको थियो’, उनी भन्छिन्, ‘अब फाल्नुपर्दैन कि भन्ने लागेको छ ।’

उनले एक बिघामा मकै, खरबुजा, बोडी लगायतको खेती गरेकी छन् । आठ वर्षअघि एउटा सहकारीमा हुँदा चार बिघामा लगाएको खेतीले बजार नपाउँदा खेतमै नष्ट गर्नुपरेको उनले सम्झन्छिन् ।

अब त्यसरी नष्ट गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनलाई विश्वास छ । गत वर्षअघिसम्म किसानले खेतमा लगाएका कृषिजन्य उत्पादनले बजार नपाउँदा खेतमै नष्ट गर्नुपरेको थियो । कुलप्रसाद काफ्ले/न्युज कारखाना

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ट्रेन्डिङ

सबै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.