Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, जेठ २५, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

चितवनमा पांँचौं राष्ट्रिय कृषि यान्त्रिकिकरण प्रर्दशनी : ड्रोन प्रविधिदेखि कृषिकर्जासम्म



  •   मङ्गलबार, चैत ०८, २०७८
  • A
  • A+
  • A++

चितवन। चितवनमा बुधबारदेखि ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ। कृषि क्षेत्रलाई व्यवसायिकरण आधुनिकिकरण गर्न ‘कृषि यान्त्रिकरणमा बृद्धि व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मुल नारा सहित प्रर्दशनी गर्न लागिएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रविधि केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि व्यवसायी संघको आयोजनामा चितवन उद्योग संघको चितवन एक्सपो सेन्टरमा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८’ हुने भएको छ ।

आयोजकले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरि नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण तथा औद्योगिकारणमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
सो क्रममा बोल्दै संघका अध्यक्ष खोजराज कटुवालले निर्वाहमुखी किसान देखि व्यवसायिक किसानसम्म यान्त्रिकरणको पहुंँच पुर्याउन कृषि प्रर्दशनी गर्न लागिएको बताए । ‘यो प्रर्दशनी साना मझौला, ठूला , सबैको लागि हो उनले भने, यहांँ सय रुपैंयादेखि एक करोड सम्मका सामान,औजार उपकरण , मेशीन उपलब्ध हुन्छन ।’

चार दिनसम्म चल्ने उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाईलगायतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहनेछ। साथै विश्वमा प्रयोग गरिंँदै आएको ड्रोन प्रविधिबाट विषादी औषधी छरिने पनि आकर्षकणको प्रविधि रहने उनले बताए ।
उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता रहने आयोजकले जनाएको छ भने ५२ वटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु, २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरु रहनेछन।

प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाख भन्दा बढीले अवलोकन र २० करोडभन्दा माथि कारोबार हुने अनुमान गरिएको छ। उक्त प्रदर्शनी निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।
प्रर्दशनीमा किसानलाई लक्षित गर्दै कृषि कर्जा मेलालाई पनि प्राथमिकतामा राखिएको २६ वटा बैंकको सहभागित रहने सो मेलामा किसानको कागजजात पुरा भएमा ‘अन द स्पोट’ लोन सिफारीश हुने संघका महासचिव श्रीकृष्ण शर्माले बताए । प्रर्दशनीमा विभिन्न विज्ञ , अनुसन्धानकर्ता, कृषक , सरकारी निकाय तथा सरोकारवालाबीच अन्र्तक्रिया हुनेछन । सो अवसरमा बोल्दै चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले यो प्रर्दशनीले देशभरका किसानका लागि उत्पादन र उत्पादकत्व बढाउन मदत पुग्ने बताए । कृषि क्षेत्रलाई प्रविधि मैत्री र व्यवसायीकरण गर्नको लागि पनि यान्त्रिकरण प्रर्दशनीको ठुलो भूमिका रहने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.