• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आगजनी पीडित सुकुम्बासीलाई क्षतिपूर्ति देऊ – नेकपा एमाले चितवन


  •   सोमबार, चैत १४, २०७८
  • A
  • A+
  • A++

चितवन। माडी नगरपालिका वडा नं ९ मा पर्ने कुसुमखोलाको सुकुमवासी बस्तीमा गरिएको आगजनीप्रति नेकपा (एमाले) चितवनले गम्भीर ध्यानाकर्षण जनाउँदै आगजनी पीडित सुकुम्बासीलाई क्षतिपूर्ति दिन माग गरेको छ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै कुसुम्खोलाका भूमिहीन सुकुमबासीहरुलाई उचित जमिनको पहिचान गरी व्यवस्थापन गर्न माग गरेका छन्। उनले सुकुम्बासीको व्यवस्थापन नभएसम्मको सो क्षेत्रबाट नउठाउन र आगजनीबाट नष्ट भएका दारपात, अन्नपात तथा लत्ताकपडाको उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न माग गरेका छन्।

‘जनमतको विरुद्ध सर्वोच्च अदालतको परमादेशको आधारमा बनेको दक्षिणपन्थी यथार्थवादी सरकारको ठाडो निर्देशनमा सो क्षेत्रमा वर्षौंदेखि बसोवास गर्दै आएका भूमिहीन सुकुमवासीहरुको घरमा घरका मूल मान्छे नभएको मौकामा आगजनी गरी धरभित्र भएका अन्नपात तथा लत्ताकपडासमेत फिक्न नपाई नष्ट गरेको घटना अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रदत्त गरेको नेपाली नागरिकले पाउने आधारभूत आवश्यकता गास , बास र कपासको व्यवस्थालाई कुल्चिंदै निकुन्जको एरिया भनिएको स्थान खाली गराउने निहुँमा भूमिहीन सुकुमबासीहरुलाई उचित स्थानको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने ठाउँमा एक्कासि गरिएको अमानवीय कार्यको नेकपा एमाले चितवन घोर विरोध गर्दछ ।’

माडी नगरपालिका वडा नं ९ मा पर्ने कुसुमखोलाको सुकुमवासी बस्तीका १७ घरमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चैत १३ गते आगो लगाई नष्ट गरेको नेकपा (एमाले) चितवनले जनाएको छ ।

  • नेकपा एमाले
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.