चितवन । राप्रपाले वैशाख २ गते चितवनमा शक्ति प्रदर्शन गर्ने भएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा हुने शक्ति प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनदेखि रेखा थापासम्मका नेताको दमदार भाषण प्रस्तुत हुनेछ ।
जिल्ला अध्यक्ष रुद्र ढकालका अनुसार त्यो दिन चितवनले राप्रपाको शक्ति देखाउनेछ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापाले शक्ति प्रदर्शनपछि हुने सभामा सम्बोधन गर्नेछन् । शक्ति प्रदर्शनको लागि ५०१ सदस्य समिति निर्माण भएको छ । अध्यक्ष ढकालले १६ वटा उपसमिति बनाइएको बताए ।
उनका अनुसार चितवनको हरेक पालिकाबाट राप्रपाका हजारौँ कार्यकर्ताहरु सभामा सहभागी हुनेछन् । पछिल्लो समय राप्रपाको सभाहरुमा सहभागीहरुको संख्या उल्लेख्यमात्रामा देखिएको पाइन्छ ।