काठमाडौं – आज नायिका वर्षा सिवाकोटीको बिवाह सम्पन्न भएको छ ।उनको अमेरिका बस्दै आएका प्रेमी आशिष गेलालसँग बिवाह भएको हो । विवाहलाई गोप्य राखेकी वर्षाका बिहेका तस्विर भने सार्वजनिक भएका छन् ।
टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा पिन्सी आशिषको तर्फबाट जन्ती गएको बताइएको छ । विवाहमा सरिक प्रिजमाले इन्ट्राग्राममा बेहुलासँगको स्टोरी पोष्ट गरेकी छिन । विवाहमा दुवै परिवारका आफन्त र परिवारका सदस्य मात्र उपस्थित भएका थिए ।
वर्षाका जीवनसाथी आशिष इन्जियिनर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ । गोप्य रुपमा भइरहेको बिबाह राजधानीकै एक भिल्लामा भएको हो । विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको वर्षानिकट स्रोतले जनाएको छ ।
वर्षाको यस अघि राज कटुवालसँग नाम जोडिएको थियो । यद्यपी उनी साथी मात्रै रहेको बुmिभएको छ । यस अघि नायिका केकी अधिकारीले पनि सुटुक्क बिहे गरेकी हुन् ।