क्षेत्रपुर , स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा भरतपुर महानगरका सबै वडाहरुमा उम्मेद्वारहरले घरभेटलाई तीब्रता पारेका छन् ।
महानगरको महत्वपूर्ण स्थानमा रहेको भरतपुर २ का उम्मेद्वारहरु आजभोली साँझ विहान मतदाताको घर दैलोमा जाने गरेका छन् ।
वडाध्यक्षका उम्मेद्वार मनोज रानाभाट गठबन्धनको जीत सुनिश्चित गर्ने गर घर भेटमा लागेको बताउँछन् । उनी आफ्नो टीमको एक जना सदस्य पनि निर्वाचनमा हार्न नहुने बताउँछन् ।
पाँच दलीय गठबन्धनमा रहेको भरतपुर महानगरको उक्त वडामा वडाध्यक्षसहित महिला र दलित महिला सदस्यमा नेपाली काँग्रेसले उम्मेद्वारी दिएको छ भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट एक एक सदस्य उम्मेद्वारको रहेका छन् ।
गत २०७४ को निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एमाले एक्लाएक्लै उम्मेद्वारी दिएका यस वडामा नेकपा एमालेले जितेको थियो ।