Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

भरतपुर अस्पतालको भर्‍याङमुनि नवजात शिशु बेबारिसे भेटिए



  •   बिहिबार, असार २३, २०७९
  • A
  • A+
  • A++

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरु बिहीबार दिउँसो भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिदै थिए । अस्पतालको भर्‍याङमुनि कपडामा बेरिएको अवस्थामा केही राखिएको जस्तो देखे ।

अरु भन्दा अगाडि रहेका पौडेलले कपडा भित्र हातखुट्टा चलेको जस्तो देखे । हत्तपत्त तल झरेर हेर्दा एक नवजात शिशुले हात चलाइरहेको थियो । चिसो भूइँमा राखिएको शिशु रोएको थिएन । यसो काखमा लिएर बच्चा हेरे, तातै थियो बच्चा । हत्तपत्त प्रहरीलाई खबर गरे ।

जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु (छोरी) केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

‘अस्पतालमा दैनिक ३५ देखि ४० जना महिला सुत्केरी हुन्छन्, अस्पतालभित्रकै कसैले छाड्यो कि बाहिरबाट कसैले ल्याएर छाड्यो केही थाहा हुन सकेको छैन’, सूचना अधिकारी पौडेलले भने, ‘हामीले अस्पताल भित्रका केहीदिन अगाडि सुत्केरी गराएका आमाहरुको तथ्यांक पनि हेरिरहेका छौं ।’

शिशुलाई कसले छोडेको भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

नवजात शिशुलाई अस्पतालको एनआईसीयू कक्षमा राखिएको छ । अस्पतालको एनआईसीयू इन्चार्ज डा.ओमकृष्ण पाठकले शिशुमा केही संक्रमण देखिएकोले परीक्षणका लागि पठाइएको बताए । शिशुको तौल करीव ३ किलोग्राम छ । onlinekhabar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.